-यसकारण दुख्छ ढाड-कम्मर, यस्ता छन रोकथामका उपाय थाहा पाउनुहोस् ...
Advertisement
डा. यञ्जन गैह्रे
कम्मर र नसा च्यापिएको कारण र रोकथामका उपायहरु : मेरुदण्ड ३३ वटा अलग–अलग हड्डीहरुको दण्डाकार संरचना हो । यी हड्डीहरुलाई आपसमा ईन्टर-भट्टेब्रल डिक्स नामक लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलग अलग हड्डी तथा डिक्सहरूलाई बाधेर एउटै लम्ववद्ध दण्ड वनाएर राख्दछ ।
मेरुदण्डमा टाँसिएका मांशपेशीहरुले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्दछ । यि ढाडका हड्डीहरुमा स्पाइनल क्यानल नामक लम्ववद्ध प्वाल हुन्छ जसबाट स्पाइनल–कर्ड नामक मुख्य स्नायू नसा गुज्रिएको हुन्छ र हरेक हड्डीको दायाँ-बायाँ स्पाइनल फोरामिन नामक प्वालहुदै स्पाइनल–कर्ड बाट स्पाइनल नर्भहरू (साना स्नायू नसा ) निस्किएका हुन्छन् । यि नसाहरु ढाडको स्पाइनल–कर्ड वाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् ।
यिनै नसाहरु च्यापिएमा अनेक समस्या उत्पन्न हुन्छ । नसा च्यापिने समस्या छुट्टै रोग नभई हाड–जोर्नीका कारण उत्पन्न लक्षण मात्र हो । तर नसामा आइपर्ने समस्यामध्ये कम्मरको नसा थिचिने रोग सामान्यदेखि अति नै पीडादायक हुन्छ ।
ढाड कम्मर दुख्ने कारण:
१ गलत तरिकाले चिजबिजहरु उचाल्नु२ एक्कासी गरीने कडा व्यायाम
३ अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
४ आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी
५ उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
६ कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
७ लामो समयसम्म कुप्री परिरहनु
८ धेरै गह्रौं वस्तुहरु उचाल्नु
९ गर्भवती अवस्था
१० विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।
रोकथामका उपायहरु-:
२ क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
३ पानीको प्रशस्त सेवन किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ
४ धेरै कमलो बिछ्यौनामा नसुत्ने
५ ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने ।
६ उकाली ओराली गर्दा सिढि चढदा सावधानीपूर्वक विस्तारै हिडौं ।
७ ड्राइभिङ सिटमा अथवा कुर्सीमा वस्दा ब्याक रेष्टको प्रयोग गर्ने गरौं ।
८. खोक्दा वा हाच्छ्यिु गर्दा भित्ता वा टेवुलको साहायता लिऔं ।
९. शरीरको तौललाई आफ्नो उचाइ अनुसार नियन्त्रणमा राखौं । विशेषत पेटलाई वढ्न नदिऔं यसले ढाडमा अतिरित्त दवाव दिन्छ ।
१०. कम्मर वा गर्दन दुख्ने समस्य भएकाहरुले मोटरसाइकल नचलाऔं । हिड्दा ढाडको वेल्ट वा घाटीको कलर लगाऔं ।
ध्यान दिनुपर्ने कुरा
कतिपय नसा च्यापिने समस्यामा शल्यक्रिया आवश्यक पर्छ भनिएको हुन्छ, जुन जोखिमपूर्ण नै रहेको हुन्छ । तर सरल विधिहरु जस्तै– योग तथा प्राकृतिक चिकित्साको वैकल्पिक उपचार प्रयोग गरी अप्रेसनविना नसा च्यापिएको निको गर्न सकिन्छ ।चिकित्सकलाई देखाउने र आफ्नो रोगको निदान गराई सतर्क हुनुस् । दुखाइ र नसामा सुन्निएको वा चोट लागेको कम गर्न चिकित्सकको निर्देशनमा प्राकृतिक चिकित्सा विधिहरुको प्रयोग गर्नुस् ।
(लेखक, प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुनुहुन्छ)

Advertisement





