सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकोप्टर दुर्घटना, ४ जनाको मृत्यु
Advertisement
९ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना भएको छ । अनलाइनखबरकर्मी दिनेश थापाका अनुसार हेलिकोप्टर बलेफी नजिक यमुनाडाँडामा खसेको हो ।
घटनास्थलमा चार जनाको शव भेटिएको छ । तीन पुरुष र एक महिलाको शव भेटिएको छ । घटनास्थलमा सीमा सुरक्षा बल सिन्धुपाल्चोकबाट टोली पुगेको छ ।
माउन्टेन एयरका अनुसार हेलिकोप्टरमा मेडिकल टीम थियो । विहान छोडेर आएको मेडिकल टीम लिएर आउने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।
थप विस्तृत विवरण आउन बाँकी छ ।

Advertisement








