-तातोपानीमा डुब्दा शरीरका सबै रोग निको हुन्छ ! जानी राखौ..
Advertisement

- विश्वास खड्काथोकी
ग्यास्टिक, हाड, जोर्नी, दुख्ने, सड्के मर्केको, एलर्जी भएको, नसासम्बन्धी लगायत विभिन्न रोगका विरामीहरु कुण्डमा डुब्न आउँने गर्दछन् । गत वर्ष मात्रै १६ हजार मानिसहरु कुण्डमा डुब्न आएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए ।

म्याग्दी, ३१ वैशाख । पुस, माघको चिसो । एका बिहानै मानिसहरु हातमा टर्च लिएर हिँडीरहेका छन् । हातमा पोलिथिन, काँधमा तावल र बाक्लो च्यादर छ । अध्याँरो सकिएर मिर्मिरे हुँन बाँकी नै छ । तर बस्तीमा चहल पहल शुरु भैसकेको छ । घडीले छ बजाउँदा मानिसहरु बस्ती नजिकैको कुण्डमा देखिन्छन् । कुण्डको छेउबाट बगेको काली नदीको हावाले मौसमलाई थप चिस्यारहेको छ । तर उनीहरुलाई यसको कुनै प्रवाह छैन, निश्फिक्री कुण्डमा डुबिरहेका छन् । दुई मिटर गहिरो कुण्डको एकातिर पुरुष छन्, र अर्कातिर महिला । पुरुष र महिलाबीचको बोर्डर प्लास्टीकको डोरी हो, जुन कुण्डको बीच भागमा छ । कुण्डबाट बाफ उडिरहेको छ, जसरी आगोमा पानी तताउँदा निस्कन्छ ।

मानिसहरु पानी भित्र छन् तर उनीहरुको अनुहारबाट पसिनाको धारा बगिरहेको छ । मानौ उनीहरु पानीमा होइन चर्को घाममा बसीरहेका छन् । १५,२० मिनेट पछि उनीहरु कुण्डबाट बाहिर निस्कन्छन्, पिर्कामाथि बस्छन्, अनि टाउको पनि ढाकेर गुफ्फिन्छन् । जब उनीहरुले कम्वलबाट शरीर देखाउँछन्, उनीहरुको शरिरवाट पसिनाको खोला बगिरहेको हुन्छ । यो दृष्य म्यादी सदरमुकाम बेनीबाट ८ किमी पश्चिममा अवस्थित सिंगा तातोपानी कुण्डको हो । यो पानी कसैले तयार पारिएको होइन । जमिन भित्रबाट निस्कीएको हो । जसको तापक्रम ४८ डिग्री सेल्सिएस छ । यहा मानिसहरु रमाईलोको लागि ओइरीएका पनि होइनन् । यहा त देशका विभिन्न ठाउँबाट आफ्नो शरीरको रोग निको पार्नको आएका हुन् । बर्सेनी हजारौको संख्यामा तातो पानी डुव्न आउँछन् र १० देखि एक महिना विताएर फर्कन्छन् । जस्तो जसले गर्दा सानो बस्तीको आकार बढ्दै गैरहेको छ भने, आय आर्जनको भरपर्दो माध्ययम बनेको छ ।


किन आउछन् त डुब्न ? कुण्डमा डुबिरहेका ६० वर्षिय एक बृद्धाले भने, ‘म वि.सं. २०३२ देखि वर्षेनी डुब्न आइरहेको छु, त्यतिबेला पाँच रुपैयाँको टिकट थियो, मानिसहरु नांगै डुब्ने गर्थे, जांगे लाएर डुब्न थालेको त धेरै पछिबाट हो । उतिबेला यति धेरै व्यवस्थित पनि थिएन । यहा आएर डुबेपछि एक वर्षलाई ढुक्क हुन्छ ।’ उनको मुख्य समस्या ढाड दुख्ने हो । उनले तातो पानी ग्यास्ट्रिकको पनि अचुक औषधी हुने बताउँछन् ।

तातो पानीमा १५ दिन डुब्नको लागि २ सय रुपैयाँको टिकट काटे पुग्छ । त्यस्तै कुण्डमा १० दिन विताईसकेका पर्वत डिमुवाका मनोज विकले आफ्नो कथा सुनाउन थाले, ‘म रोजगारीको सिलसिलामा ९ महिना पहिले दक्षिण कोरीया गएको थिएँ । तर विदेश भनेको नेपालमा बसेर सोचेजस्तो हुँदोरहेनछ । ग्रहुंगो सामान उठाउँन पर्ने भएकाले, मेरो ढाड सड्कीयो । काम गर्दै सकिन र नेपाल फर्कीए । तर नेपालमा अरु कहि पनि राम्रो उपचार हुन सकेन । त्यसैले तातो पानी डुब्न आएको हुँ । केहि सुधार भएको छ ।

 अझ पाँच दिन विताएर फर्कीन्छु ।’ ग्यास्टिक, हाड, जोर्नी, दुख्ने, सड्के मर्केको, एलर्जी भएको, नसासम्बन्धी लगायत विभिन्न रोगका विरामीहरु कुण्डमा डुब्न आउँने गर्दछन् । गत वर्ष मात्रै १६ हजार मानिसहरु कुण्डमा डुब्न आएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए । उनको अनुसार ०६४ सालमा ९ हजार मानिस डुव्न आएका थिए ।

 यो संख्या क्रमस बढेर १२, १३, १५ हुनै गत वर्ष १६ हजार सम्म पुगेको छ । यहाँ सबैभन्दा बढी बागलुङका मानिस आउने शाक्य बताउँछन् । त्यसबाहेक कास्की, काठमाडौं, दाङ, सल्यान, प्युठान, रुकुम रोल्पा, बर्दीया, भरतपुर, चितवन लगाएतका विभिन्न ठाउँबाट आउने गर्दछन् । अझ रोचक कुरा त के छ भने बिगत दुई वर्षदेखि जापानबाट समेत डुब्नको लागि यस कुण्डमा आउने गरेको पाइन्छ । यहा पुसदेखि बैशाखसम्म मानिसको अत्याधिक घुइँचो लाग्ने गर्दछ ।

कुण्डलको चमत्कार

singa-tatopani-kund2म्याग्दी कुहुँका पुरुषोत्वम सापकोटा घाँस काट्न जाँदा लडेर शरिरको तल्लो भाग नै नचल्ने भयो । उनले नेपालमा नभएर भारतमा पनि लाखौ खर्च गरी स्वास्थ्य उपचार गरे । तर उनको समस्या भने जस्ताको तस्तै । अन्तिम विकल्पको रुपमा उनले तातो पानीलाई रोजे । उनी कुण्डमा ३५ दिन भन्दा बढि समय लगातार डुबे । नभन्दै उनी हिडेर घर फर्किए । यति मात्र होइन, म्याग्दीकै एक युवक लडेर, हातखुट्टा नचल्ने नै भएपछि उनलाई स्टेचरमा राखेर कुण्डमा ल्याईयो ।

उनी पनि १५ दिन पछि हिडेरै घर फर्कीए । अध्यक्ष शाक्य भन्छन्, ‘यी त प्रतिनिधि घटना मात्र हुन् । हस्पीटलमा करोडौं खर्च गरेर पनि निको नभएको रोग यहा आएपछि निको भएको छ । अनि उनीहरु खुशि भएर हामीलाई सहयोग गर्छन् ।’ तर उच्च रक्तचाप र मधुमेहको विरामीलाई नडुब्न सुझाव दिन्छन् । उनले भने, ‘यहाँको पानीमा सल्फरको मात्रा पाइन्छ, यहाँको पानीले रोगको किटानुलाई मार्दो रहेछ, एउटै कुण्डमा डुब्दा पनि एक विरामीमा भएको रोग अर्कोलाई सर्दैन ।’ Source: Dainik Nepal

Advertisement



प्रतिक्रिया दिनुहोस्...