दुर्घटनाग्रस्त भएको माउन्टेन एयरको हेलिकोप्टर यस्तो अबस्था भेटियो (फोटो फिचर)
Advertisement
१९ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको यमुनाडाँडामा दुर्घटनाग्रस्त भएको माउन्टेन एयरको हेलिकोप्टर गुम्बा गाविसको तेम्बाथानबाट काठमाडौं फर्किदै गरेको स्थानीय प्रशासनले जनाएको छ ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा पर्ने गुम्बा गाविसको तेम्बाथानमा राहत तथा स्वास्थ्य सेवा प्रदान गरेर फर्किएको टिम हेलिकोप्टर दुर्घटनामा परेको हो ।
त्यसपछि सम्पर्कविहीन भएको हेलिकोप्टर बलेफी पारि यमुनाडाँडा गाविसको शीला पर्वतमा खसेको थियो । निकै होचो दूरीबाट उडिरहेको विमान एक्कासी खिम्ती र भोटेकोशी जलविद्युत आयोजनाको केन्द्रीय प्रसारण लाइनको २३३ केभीए प्रसारण लाइनको तारमा ठोक्किएको प्रत्यक्षदर्शी एमाले नेता अरुण नेपालले बताए ।

Advertisement






