-आज बिहानै दोलखालाई केन्द्र बिन्दु बनाएर भूकम्पका चार धक्का
Advertisement
काठमाडौं, जेष्ठ १४ । विहिबार बिहानै भूकम्पको चार वटा पराकम्पन महशूस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लोपटक बिहान ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्नेच्यूडको पराकम्पन गएको हो ।
त्यसअघि ५ बजेर १२ मिनेटमा काठमाडौंको दक्षिण पश्चिम केन्द्र भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो ।
केन्द्रबिन्दू नजिक भएकाले यो पराकम्पले काठमाडौंमा बढी धक्का दियो र ओछयानमै रहेकाहरु झस्केर उठेका थिए ।
यसअघि बिहान ३ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटमा गोरखा र धादिङ केन्द्र भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो ।
हिजो पनि भूकम्पको ५ वटा पराकम्प गएको थियो । पछिल्लो पटक राति १० बजेर २९ मिनेटमा रसुवा र नुवाकोट केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।
गत वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परी ८ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ । Source: ImageKhabar

Advertisement



