एजेन्सी ।
एका एक कुनै देशको नक्शा नै मेटिने खतरा भयो भने के गर्ने? यहाँ कुनै देशमा भएको सैन्य आक्रमणको कुरा गरिएको छैन । खासमा यो मुद्धा जलवायु परिवर्तनसँग सम्बन्धित छ ।
संसारको सबैभन्दा सानो देश ताबालु जलवायु परिवर्तनबाट सदाका लागि लोप हुने चरणमा पुगेको छ । यो देश अव समुन्द्रमा डुब्ने तयारीमा छ । यी कारण तवालुका प्रधानमन्त्री एनेल स्पोआगले युरोपेली देशहरुलाई आफ्नो देशलाई डुब्नबाट बचाउन अपिल गरेका छन् ।
यहाँका मानिसहरु अव देशमा बस्न नसकिने अवस्था आएको भन्दै आतंकित छन् । कतिपय मानिसले ताबालु छोडिसकेका छन् ।
तवालुको जनसंख्या केवल १० हजार छ । यहाँको सबैभन्दा अग्लो स्थान समुन्द्री सतहबाट केवल ४ मिटर उचाइमा छ । विश्वभरी तापमान वृद्धी भैरहँदा यो देशले आफ्नो अस्तित्व नै गुमाउने अवस्था आएको हो ।
प्रशान्त क्षेत्रमा फेलिएका द्वीपको समूहमा पर्ने तवालु सन् १९७८ मा बेलायतबाट स्वतन्त्र भएको थियो । समुुन्द्री सतहमा भैरहेको निरन्तरको वृद्धीले तबालु जस्ता देश डुब्ने चरणमा पुगेका छन् ।
सार्क राष्ट्र माल्दिभ्स समेत डुब्न लागेको चर्चा हुने गरेको छ भने बंगलादेशका विभिन्न क्षेत्र समुन्द्री डुवानको खतरामा छन् ।
देश डुब्न लागेपछि प्रधानमन्त्री एनेल युरोपेली संघका नेताहरुसँग कुरा गर्न ब्रसेल्स पुगेका छन् । उनले संसारमा विश्वब्यापी तापक्रम घटाउने काम गर्न अपिल गरेका छन् ।

२०७२ असार २२ गते
काठमाडौं, २२ असार । नेपाल, चीन, मलेसिया तथा जापानपछि पपुवा न्युगिनीमा मंगलबार ठूलो भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार आज दिउँसो १ बजेर ३८ मिनेट जाँदा कोकोपो क्षेत्रलाई केन्द्रविन्दु बनाएर पपुवा न्युगिनीमा ठूलो भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पपुवा न्युगिनीमा गएको भूकम्पको धक्का ५ दशमलब ७ रेक्टर स्केलको हो । भूकम्पबाट भएको क्षतिको कुनै पनि समाचार प्राप्त भएको छैन् । यो भूकम्पले ४८ दमशलब किलोमिटर गहिराईसम्म हलचल गरेको बताइएको छ । एजेन्सी
स्रोत - दैनिक नेपाल

एजेन्सी । पेन्सिलभेनियाको ०.२ वर्गमाईन खाली रहेको जमिनमा ‘किङडम अफ कैलसहारा’ घोषणा गरेपछि सन् २००९ मा ट्रेविस एम हेनरी यहाँका राजा बनेका थिए ।
यो जमिनमा मात्र ३१० जना सजसंख्या रहेको छ ।
यो देशको कुनै महान् इतिहास छैन, किनकी यो एक व्यक्तिको सनकको कहानी हो । यी सनकी मानिसले संसारमा यस्ता ४०० भन्दा बढी अतिसुक्ष्म देश बनाएका छन् ।
यी सबैलाई उनले स्वायत्तता घोषणा गरेका छन् ।
तर यसमा कसैलेपनि सरकारलाई मान्यता भने दिएको छैन ।
फोटो ग्राफर लियो डेलाफ्रन्टेनले यस देशमा घुमेर त्यहाँको जीवनबारे तस्वीरमा पेश गरेकी छन् ।

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीलाई युवतीको पछि लागेको आरोप लागेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो रेडियो कार्यक्रम ‘मन की बात’ मा जनतालाई आफ्ना छोरीहरुसँग सेल्फि खिच्न आग्रह गरेका थिए ।
तर एआईपीडब्लूए सचिव कविता कृष्णनले मोदीको अपीलमा गंभिर आपत्ति जनाएकी छिन् । कविताले मोदीलाई केटीहरुको पछी लाग्ने व्यक्तिको समेत आरोप लगाएकी छिन् ।
कविताले ट्वीट गर्दै भनेकी छिन् ‘ सेल्फी विद डटर पीएम मोदीलाई शेयर गर्दा सावधान रहुनु होस्, किनकि मोदीको युवतीको पछि लाग्ने रेकर्ड छ ।’
१५ असार, काठमाडौं । इन्डोनेसियाको मेडान सहरबाट उडेको एक सैनिक जहाज सुमात्रा द्वीपमा दुर्घटना भएको छ । इन्डोनेसिया एयर फोर्सको हर्कुलस सी-१३० जहाज सुमात्रा द्वीपको मानव बस्तीमा दुर्घटना भएको हो ।
हताहतिको पूरा विवरण आएको छैन । तर स्थानीय रेडियोहरुले जहाज घरमाथि खसेको बताएका छन् । इन्डोनेसियन टेलिभिजनहरुले दुर्घटनापछि विमानमा आगो लागेको दृष्य देखाइरहेका छन् ।
एयरफोर्सका प्रवक्ताले मेडान एयरपोर्टबाट उडेको केही मिनेटमै जहाज दुर्घटनामा परेको र उद्धारकार्य जारी रहेको जानकारी दिएका छन् । अरु विस्तृत विवरण आइसकेको छैन ।
सामाजिक सन्जालहरुमा पोष्ट भएका विमान दुर्घटनाका तस्वीर हेर्नुस्-
हालै therichest.com ले दिएको छ। ८६ वर्षीया महारानीसँग ५ करोड ५० लाख डलर व्यक्तिगत सम्पत्ति भएको therichest.com ले जनाएको छ। उनलाई Sunday Times Rich List 2015 मा पनि समावेश गरिएको छ अर्थात उनी धनाढ्यको सूचीमा परेकी छन्।
स्कटल्याण्डको हाइल्याण्डमा भएको बालमोरल क्यासल, घोडा फार्म, फलफुल फार्म, बेलायतमा भएका समुन्द्री भूमि, प्रीभी पर्स, कलाकृति , गरगहना, शाही हुलाक टिकट संकलन आदी महारानीको व्यक्तिगत सम्पत्तिको श्रोत हुन्। उनको व्यक्तिगत आम्दानीका अन्य थुप्रै श्रोतहरु सार्वजनिक भएका छैनन्।
उनले वार्षिक रुपमा सरकारबाट १२.९ लाख डलर पनि प्राप्त गर्छिन्। उनको निजी आम्दानी र सरकारले दिने सहयोग वापतको सम्पत्ति सार्वजनिक गरिएको हो।
निजी हक लाग्ने बाहेकका अरबौँका शाही सम्पत्ति पनि उनीसँगै छन् तर उनले यी शाही सम्पत्तिको वेचविखन गर्न भने पाउँदिनन्।

चीनकाे स्मार्टफोन जिओनीका दुईवटा स्मार्टफोन नेपालमा भित्रिने भएका छन् । इलाइफ ई ८ र म्याराथन एम ५ नामका यी दुवै स्मार्टफोनमा दुवैमा दुईवटा सिम राख्न मिल्छ।इलाइफ ई ८ को मुख्य आकर्षण भनेको त्यसमा रहेको २३.७ मेगापीक्सेलको क्यामरा हो भने म्याराथन एम ५ काे मुख्य विशेषता यसमा भएकाे ६०२० एमएएच पावरकाे ब्याट्री हाे।
इलाइफ ई ८ काे विशेषता यसप्रकार रहेको छ–
अपरेटिङ सिस्टम–एन्ड्रोइड ५.१ ललीपप
डिस्प्ले– ६ इन्च एमोलेड डिस्प्ले (१४४० ×२५६० पीक्सेल रिजोलुशन)
र्याम– ३ जीबी र ६४ जीबी इन्टरनल मेमोरी
प्रोसेसर– मिडियाटेक हेलियो एक्स १० चीपसेट आक्टाकोर २ जीएचजेड कोर्टेक्स सीपीयू र पावर भीआर जी ६२०० जीपीयू
क्यामरा– पछाडि २३.७ मेगापीक्सेल र अगाडि ८ मेगापीक्सेल
ब्याट्री–३५०० एमएएच पावर
डाइमेन्सन–१६४.० × ८२.३ × ९.६ मिमि, तौल– २०७ ग्राम
जिओनी म्याराथन एम ५–
अपरेटिङ सिस्टम–एन्ड्रोइड ५.१ ललीपप
डिस्प्ले– ५.५ इन्च एमोलेड डिस्प्ले (७२० ×१२८० पीक्सेल रिजोलुशन)
र्याम– २ जीबी र १६ जीबी इन्टरनल मेमोरी
प्रोसेसर– १.३ जीएचजेड क्वाडकोर
क्यामरा– पछाडि १३ मेगापीक्सेल (एलइडी फ्ल्यास सहित) र अगाडि ५ मेगापीक्सेल
ब्याट्री– ६०२० एमएएच पावर
डाइमेन्सन–१६४.० × ८२.३ × ९.६ मिमि, तौल– २१३ ग्रामsource kinmel.setopati

काठमाडौँ, १२ असार
सन् १९८७ मा बराक ओवामा २६ वर्षका थिए । उनी आफ्नो पिताको गाउँ रहेको अफ्रिकी मुलुक केन्यामा घुमेर दाजुभाई, दिदिबहिनी र हजुरआमालाई भेटेका थिए । त्यतिवेलाका एक अपरिचित अफ्रिकन युवा, अहिले विश्वकै नेता भएका छन् ।

स्रोत : नेपाली हेडलाइन्स
फेसबुकले आफ्ना प्रयोगकर्ताको रुची र आवश्यकतालाई ध्यान दिँदै विभिन्न सुविधाहरु थपिरहेको छ । यसैक्रममा प्रयोगकर्ताका लागि नयाँ सुविधा दिने क्रममा फेसबुकले प्रयोगकर्ताको एप प्रतिको रुचीलाई ध्यानमा राख्दै म्यासेन्जर एपका लागि छुट्टै फेसबुक एकाउण्ट बनाउनु नपर्ने सुविधा ल्याएको छ।
यसका लागि अब प्रयोगकर्तालाई ‘नट अन फेसबुक’ को विकल्प दिइएको हुनेछ। त्यहाँ गएर आफ्नो नाम, फोन नम्बर र फोटोको साथमा साइन अप गर्न सकिने बताइएको छ । एकाउन्ट नचाहिने यो सिस्टमले प्रयोगकर्ताको नाम र फोन नम्बर मात्र माग्ने जनाएको फेसबुक कम्पनीले यो सुविधा सबैभन्दा पहिले अमेरिका, क्यानडा, पेरु, भेनेजुएलामा दिइने छ र बाँकी देशहरुमा विस्तारै उपलब्ध गराइने जनाएको छ।source taja khabar

१६ वर्षीय किशोरीमाथि यौनदुराचार गरेको आरोपमा प्रहरीले ललितपुर गोदावरीका हरिहर आचार्यलाई पक्राउ गरेको छ ।
आफूलाई ज्योतिषी एवं तान्त्रिक विद्या जानेको बताउने आचार्यले नक्साल भाटभटेनीजजिकै कोठा भाडामा लिएर बसेका थिए ।
विभिन्न चलचित्र व्यवसायीसमेत आचार्यको कोठामा फिल्मको नाम जुराउनेदेखि कहिले हलमा लगाउने सम्म हेराउन पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले आचार्यलाई सोमबार पक्राउ गरेको हो । पीडित १६ वर्षीय किशोरीलाई कोठामा बन्धक बनाएर आचार्यले अप्राकृतिक यौनसम्पर्क गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको छ । अन्न्पूर्णपोस्ट् दैनिकबाट

अमेरिका, १० असार । अमेरिकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
अमेरिकाको अलस्कालाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अमेरिकी भूगर्व विभागका अनुसार, प्यासिफिक समय अनुसार, ३ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महुसस गरिएको थियो । अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।
अलस्कामा नेपालीहरुको पनि बाक्लै बसोबास छ । त्यहाँ रहेका नेपालीहरु पनि यो समाचार तयार पार्दासम्म सुरक्षित रहेको बताइएको छ ।
dainiknepal.com

जमाना स्मार्टफोनको जमाना हो। तर यदि स्मार्टफोन मिनेट–मिनेटमा ह्याङ्ग हुन थाल्यो भने सम्पूर्ण स्मार्टपनाको केही अर्थ रहन्न। यस्तो समस्या विशेषगरी फोनको मेमोरी भरिँदा हुने गर्छ। फोन नयाँ होस या पुरानो, ह्याङ्ग हुने समस्याले सबैलाई हैरान पारेको छ। त्यसैले निम्न उल्लेखित तरिकाहरुको प्रयोग गरेर फोन ह्याङ्ग हुने समस्या कम गर्न सकिन्छ।
– सीपीयू (क्यास) डाटा डिलीट गरी ममोरी स्पेश बढाउनेः
प्रयोगकर्ताले फोनको प्रयोग गर्दा क्यास अर्थात् सीपीयू मेमोरीमा नचाहिने डाटा पनि सिर्जित भइरहेको हुन्छ। त्यसकारण फोनको सीपीयू डाटा कम गर्नाले फोनमा धेरै खाली ठाउँ रहन्छ र फोन ह्याङ्ग हुने समस्या कम हुन्छ। सेटिङ्गमा गएर स्टोरेजबाट क्यास डाटा डिलीट गर्न सकिन्छ।
– एप्सलाई मेमोरी कार्डमा सार्ने र इन्स्टल गर्नेः
फोनमा धेरै एप्स हुँदा फोन सुस्त हुने हुँदा केही एप्सलाई मेमोरी कार्डमा सार्न सकिन्छ। फोनको इन्टरनल मेमोरी कम छ भने एप्स सिधै मेमोरी कार्डमा इन्स्टल गर्न पनि सकिन्छ।
सेटिङ्गको एप्लीकेसन म्यानेजरमा गएर एप्स सार्न सकिन्छ।
– स्टारेजका लागि मेमोरी कार्डको प्रयोग गर्नेः
सुरुदेखि नै फोटो र भिडियोहरु मेमोरी कार्डमा राख्नुपर्छ। तर यदि फोनको इन्टरनल मेमोरी धेरै छ र यसमै फोटो, अडियो र भिडियो फाइल सेभ भएको भए तिनीहरुलाई पनि मेमोरी कार्डमै सार्दा फोनको मेमोरी खाली हुन्छ र ह्याङ्ग कम हुन्छ। खिचिएका फोटाहरु पनि सिधै मेमोरी कार्डमा सेभ हुनेगरी राख्दा राम्रो हुन्छ।
– मेमोरी बचाउन क्लाउड स्टोरेजको प्रयोग गर्नेः
क्लाउड स्टोरेजको सुविधा जुनसुकै स्मार्टफोनमा रहेको हुन्छ। जुन फाइल तथा फोल्डरको कम उपयोग हुन्छ तिनीहरुलाई क्लाउडमा राख्न सकिन्छ। क्लाउड स्टारेज एप्समा गुगल ड्राइभ, वान ड्राइभ, ड्रपबक्स आदि रहेका छन्।
– इन्टरनल मेमोरी बढाउन फ्याक्ट्री डाटा रिसेटको प्रयोग गर्नेः
स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेटको विकल्प रहेको हुन्छ। फोनको इन्टरनल मेमोरी शुरुको अवस्थामा फर्काउने यो अन्तिम उपाय हो। तर फ्याक्ट्री डाटा रिसेट गर्दा फोनका सबै डाटा हट्ने भएकाले रिसेटमा जानुअघि आफ्ना महत्वपूर्ण डाटाहरुको ब्याकअप राख्न जरुरी हुन्छ। आवश्यकभन्दा अरु डाटा हटेपछि फोनले चाँडो काम गर्न थाल्छ। फ्याक्ट्री डाटा रिसेटका लागि फोनको सेटिङ्गमा ब्याकअप एण्ड रिसेट विकल्प रहेको हुन्छ।

बेइजिङ : चीनले विवादास्पद दक्षिण चीन सागरमा टापु निर्माण पूरा भएको जानकारी दिएको छ। यसअघि संयुक्त राज्य अमेरिकाले दक्षिण चीन सागरमा टापु बनाउने काम रोक्नुपर्ने बताएको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले यसको पुष्टि गरेका छन्। दक्षिण चीन सागरमा रहेका यी टापुलाई चीनले नान्सा द्वीपसमूह नाम दिएको छ।
त्यस क्षेत्र आफ्नो भएको फिलिपिन्स र भियतनामले पनि दाबी गर्दै आएका छन्। लुले ती टापुमा आवश्यक सैन्य सुरक्षाको आवश्यकता पूरा गर्नुका साथै चिनियाँ गैरसैनिक काम अगाडि बढाइने जानकारी दिएका छन्।
यसका लागि जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न चीन तयार भएको उनले स्पष्ट पारे। प्रवक्ता लुले यसअघि ती टापुमा भूमि सम्याउने काम भइरहेको बताएका थिए। उनले भने, 'राष्ट्रिय आवश्यकता पूरा गर्न विभिन्न सुविधा निर्माण गरिनेछ।'
उनले चीन सरकारले गरिरहेको निर्माण कार्य उचित भएको पनि दाबी गरेका छन्। उनले दक्षिण चीन सागरमा गरिएका निर्माण कार्य कानुनी, तर्कसंगत र न्यायोचित भएको बताए। उनले ती टापु चीनको भएकाले कसैले चिन्ता गर्नु नपर्ने लुको भनाइ थियो।

अमेरिका र चीनबीच तनाव बढ्दै छ
हालै दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय जल क्षेत्रमा चीनद्वारा निर्मित कृत्रिम टापुहरूमाथि चार हजार पाँच सय मिटरको उचाइमा निरीक्षण उडानमा रहेको अमेरिकाको पी८ -ए- पोसिडन विमानलाई उक्त क्षेत्रबाट बाहिर जान चिनियाँ नौसेनाको एउटा जहाजले आठपटकसम्म चेतावनी दिएपछि उक्त विमान क्षेत्रबाट बाहिर गएको खबर सीएनएनले दियो।यसअघि स्पार्टली टापु समूहमाथि उडिरहेको फिलिपिन्सको वायु सेनाको त्यस्तो एउटा विमानलाई पनि चिनियाँ जलसेनाले त्यसैगरी बाहिर्याएको थियो। अमेरिकी परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार यस्तो जलक्षेत्रमा अमेरिकाले आफ्नो उडान जारी राखिरहने बतायो।
त्यसलगत्तै गत मे २४ मा चीनको एउटा प्रमुख सरकारी मुखपत्र ग्लोबल टाइम्सको सम्पादकीयले भन्यो, 'यदि दक्षिण चीन सागरमा अमेरिकाको मूल नीति चीनले निर्माण गर्दै गरेका कृत्रिम टापुहरूको काम रोक्नुपर्छ भन्ने हो भने दक्षिण चीन सागरमा चीन-अमेरिका युद्ध अवश्यम्भावी छ। हामी अमेरिकासँग युद्ध गर्न चाहँदैनौं, तर तयार छौं।'
उक्त घटनापछि अमेरिका र ऊनिकट मित्रराष्ट्रहरूको चीनसँगको तनाव अझ बढ्दै गएको छ।अन्तर्राष्ट्रिय सुरक्षा र रणनीतिबारे अध्ययन र अनुसन्धान गर्ने बेलायतस्थित एउटा विख्यात संस्थाले हरेक वर्ष आयोजना गर्ने एसियाली सुरक्षाबारेको अन्तर्राष्ट्रिय सम्मेलन- सांग्रिला संवादमा अमेरिकी रक्षामन्त्री एस्टोन कार्टर र चिनियाँ जनमुक्ति सेनाका उपसेनाध्यक्ष सुन जियान्गुओबीच उक्त कृत्रिम टापुहरूको सबाललाई लिएर तीखो र कठोर भनाभन भयो।
भारत, जापान, अस्ट्रेलिया, इन्डोनेसिया, अस्ट्रेलिया, दक्षिण कोरियालगायत प्रमुख युरोपेली राष्ट्रहरूका रक्षामन्त्रीहरूको सहभागिता रहेको उक्त सम्मेलनमा रक्षामन्त्री कार्टरले एसिया प्रशान्त क्षेत्रका सबै मुलुकको सुरक्षा र उन्नतिका लागि एउटा साझा संरचना निर्माण हुनुपर्नेमा जोड दिए।
सो सम्मेलनमा रूसका रक्षा उपमन्त्री एन्तोली आन्तोनोभले पनि अमेरिकाको समग्र रणनीतिक प्रणाली नै चीन र रूसलाई सबैतिरबाट छेक्ने रहेको र सोअन्तर्गत उसले एसिया-प्रशान्त क्षेत्रलाई रणनीतिक रूपमा अस्थिर र तनावग्रस्त बनाइरहेकाले रूस पनि उक्त जलक्षेत्रमा चीनसँग संयुक्त सैन्य अभ्यास गर्न लागिरहेको बताए।
जुन १२ मा चीनका सैन्य आयोगमा राष्ट्रपति सी जिनपिङपछिका अत्यन्त शक्तिशाली र उनका अत्यन्त विश्वासपात्र तथा सैन्य आयोगका उपाध्यक्ष जनरल फान चाङलोङसँग पेन्टागनमा भएको भेटमा अमेरिकी रक्षामन्त्री एस्टोन कार्टरले चीनलाई दक्षिणी चीन सागरमा कृत्रिम टापु निर्माण तत्काल रोक्न र क्षेत्रका भूभागमाथि पुनर्दाबी नगर्न पुन: आह्वान गरे।
जबाफमा जनरल फानले आफ्ना सार्वभौम अधिकार क्षेत्रअन्तर्गत चीनले कुनै पनि भूभागमा सैनिक संरचना विकास गर्न सक्ने भएकाले अमेरिकालाई द्विपक्षीय सम्बन्धका दीर्घकालीन हित हेर्न र अन्य महत्त्वपूर्ण क्षेत्रीय र महत्त्वपूर्ण विषयमा आफ्नो ध्यान केन्द्रित गर्न आग्रह गरेको जानकारी सिन्ह्वाले दियो।
यसै सिलसिलामा चिनियाँ सैनिक अधिकारीहरूले आफ्ना व्यापारिक जहाजहरूलाई पनि युद्धको लागि तयार रहन र सो क्रममा न्यूनतम रक्षा मानदण्डअनुरूपका संरचना विकास गर्न निर्देशन दिएको कुरा चिनियाँ रक्षा मन्त्रालयकै एउटा प्रकाशनले गत १२ जुनमै स्वीकार गरेको छ।
विश्व बैंकको एउटा सम्मेलनलाई सम्बोधन गर्दै बढ्दो सैन्य सामथ्र्य आर्जन गरिरहेको चीन र क्षेत्रमा अमेरिकाका निकट रणनीतिक मित्रराष्ट्रहरूबीच सम्बन्ध तनावपूर्ण हुँदै आएको अवस्थामा तेस्रो विश्वयुद्ध टाढा नभएको कुरालाई विख्यात परोपकारीको समेत परिचय बनाएका अमेरिकी अर्बपति जर्ज सोरसले बताएका छन्। चीन र रूसका बीच राजनीतिक र सैनिक सम्बन्ध गहन र मजबुत हुँदै गएमा तेस्रो विश्वयुद्ध यथार्थमा रूपान्तरण हुने पनि उनको धारणा छ।
चीनको आक्रामक दक्षिण चीन सागर नीतिलाई मध्यनजर गर्दै अमेरिका, जापान र अस्ट्रेलियाले आगामी जुलाईमा उक्त सागरमा संयुक्त सैन्य अभ्यास गर्दैछन्। जापान पहिलोचोटि त्यस्तो अभ्यासमा संलग्न हुन लागेको विज्ञहरूको भनाइ छ।
उता भारतले आफ्ना चारवटा लडाकु जहाज इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, भियतनाम र कम्बोडियासँग दक्षिण चीन सागरमै अलग्गै संयुक्त सैनिक अभ्यासको लागि पठाइसकेको छ। सो अभ्यासपछि ती भारतीय लडाकु जहाज अस्ट्रेलियामा त्यस्तै अभ्यासका लागि जानेछन्।
दक्षिणी चीन सागर र अन्तर्राष्ट्रिय सैन्य गतिविधि
दक्षिण चीन सागरको जलमार्ग भएर विश्वका विभिन्न मुलुकले हरेक वर्ष पाँच हजार अर्ब डलरबराबरको व्यापार गर्दछन्।
उक्त जलमार्ग चीन, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, भारतजस्ता ठूला अर्थतन्त्रसँगै भियतनाम, फिलिपिन्स, मलेसिया, थाइल्यान्डजस्ता उदीयमान अर्थतन्त्रहरूको रक्तधमनी नै हो।
सन् १९४७ मा चीनको तात्कालीन चाङ काई-सेक सरकारले बनाएको नक्साकै आधारमा चीनले दक्षिणी चीन सागरका टापुसमूह र सिंगो जलक्षेत्रको अधिकांश भागमा आफ्नो दाबी जताइरहेको छ।
दक्षिण चीन सागरमा मूलत: यस्ता दुई टापु समूह विवादको मूलमा छन्- एउटा चीन र भियतनामको बीचमा १५ हजार वर्ग किलोमिटर जलक्षेत्रमा छरिएर रहेको एक सय ३० वटा ससाना टापु र चट्टानहरूको समूह - पारासेल हो।
जम्माजम्मी आठ वर्ग किलोमिटरजति जमिन ओगटेका ती टापु समूह गर्भमा र वरिपरिको जलक्षेत्रमा तेल, ग्यास र खनिज पदार्थको प्रचुर भण्डार हुनुका साथै मत्स्य उद्योग र व्यवसायको दृष्टिले समेत महत्त्वपूर्ण छ। भनिरहनुपरेन, ती साना टापुहरूले ठूलो सामरिक महत्त्व पनि राख्छन्।
सन् १९५० सम्म ताइवानको अधीनमा रहेको पारासेल टापु समूहको एउटा भाग सन् १९५० मा र दक्षिण भियतनामको अधीनमा रहेको बाँकी भाग सन् १९७४ मा दक्षिण भियतनामको पराजयदेखि चीनको नियन्त्रणमा छ।
सोही आधारमा ताइवान र भियतनामले उक्त टापुहरूमाथि आफ्नो दाबी गरिरहेका छन्। अर्को, दक्षिण चीन सागरमा भियतनाम, मलेसिया, फिलिपिन्स र ब्रुनाईको निकट रहेको स्पार्टली टापु समूह हो।
विगतमा अन्य मुलुकहरूको अधीनमा रहेका तर पछि समुद्रमा डुबेका ससाना टापुहरूमाथि चीनले पानीमुनिबाट कंक्रिटको पर्खाल उठाएर पाँचवटा कृतिम टापु बनाइसकेको र अन्य दुई त्यस्ता टापु निर्माणाधीन अवस्थामा छन्।
ती कृत्रिम टापुले सो क्षेत्रको नयाँ भूगोल निर्माण गर्ने र चीनलाई त्यो क्षेत्रवरिपरिको ठूलो जलक्षेत्रमाथि अधिकार जताउन मद्दत गर्ने भएकाले चीनले हालै उक्त कृत्रिम टापुहरूमा हातहतियारसहितको सैन्य शक्तिलाई पनि तैनाथ गरेको वाल स्ट्रिट जर्नलले लेखेको छ।
अत्यन्त ठूलो मारक क्षमता भएको र अत्याधुनिक प्रविधियुक्त हातहतियारले मात्र कुनै राष्ट्रलाई विजय र सुरक्षा प्रत्याभूत गर्दैन। भियतनामदेखि अफगानिस्तान र इराकसम्म आइपुग्दा अमेरिकाले नै यसलाई पुष्टि गरेको छ। अर्को कुरा, अमेरिका एकैपटक दुई ठूला युद्ध मोर्चामा संलग्न रहने क्षमता राख्दैन भन्ने कुरा अमेरिकी रक्षाविज्ञ र उच्च सैनिक अधिकारीहरू बताइरहेका छन्। युद्ध गरेरै त चीन पनि ताइवानमाथि निर्णायक विजय प्राप्त गर्ने सामर्थ्य राख्दैन।
दक्षिण चीन सागरमा चार लाख २५ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएका स्पार्टली भनिने सात सय ५० ससाना द्वीप समूह छन्। यिनै ससाना टापुहरू भएर दक्षिण चीन सागरका महत्त्वपूर्ण सामुद्रिक मार्ग गएका छन्।
भियतनाम, फिलिपिन्स, मलेसिया र ब्रुनाइको सीमाभन्दा ६०-८० किलोमिटरबीचको दूरीमा रहेका यी द्वीप समूह चीनको सीमाभन्दा एक हजार ६ सय किलोमिटर टाढा छन्, तर चीन यी सबै द्वीप समूहमाथि आफ्नो दाबी गरिरहेको छ।
जुनको अन्त्यमा प्रस्तावित दक्षिण चीन सागरमा जापान र फिलिपिन्सबीच प्रस्तावित संयुक्त सैन्य अभ्यासबारे कठोर टिप्पणी गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता होङ लीले जापानलाई दक्षिण चीन सागरका मुलुकहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिए।
गत महिना पनि जापानले फिलिपिन्ससँगको संयुक्त सैनिक अभ्यासको लागि आफ्ना दुई विध्वंसक जहाजहरू पठाएको थियो।
फिलिपिन्सको नियन्त्रणबाट सन् २०११ मा चीनले बलपूर्वक आफ्नो अधीनमा लिएको 'स्कारबोरो सोल' भन्दा उक्त सैन्य अभ्यास तीन सय किलोमिटरको दूरीमा सम्पन्न भएको थियो।
अमेरिका पनि दक्षिण चीन सागरका साना तटवर्ती मुलुकहरूको रणनीतिक मनोबल उठाउन जापान र भारतजस्ता शक्तिशाली मुलुकहरूलाई उक्त क्षेत्रमा आमन्त्रण गरिरहेको छ।
चीनबाट बढ्दो सुरक्षा खतरालाई मध्यनजर गर्दै इन्डोनेसिया, मलेसिया, ताइवान र फिलिपिन्सजस्ता दक्षिणपूर्वी एसियाका मुलुकहरूले आफ्नो प्रतिरक्षा क्षमता वृद्धि गर्न यसै वर्षभित्र ४० अर्ब डलर खर्च गर्नेछन्।
सन् २०२० सम्म यो ५० अर्ब डलर पुग्ने कुरा अमेरिका-आसियान व्यापार परिषद्का एन्थोनी नेल्सनले जुन १० मा सञ्चारमाध्यमलाई बताए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा गत साता एउटा उल्लेखनीय समाचार प्रकाशित भयो। उनीहरूका अनुसार अमेरिकाको दुई अर्ब र जापानको एक अर्ब डलरको लगानीमा विकास गरिएको छोटा र मध्यम दूरीका अन्तरमहाद्वीपीय क्षेप्यास्त्रलाई बीचैमा नष्ट गर्ने 'एसएम थ्री' क्षेप्यास्त्रको नयाँ पुस्ताको सफल परीक्षण सम्पन्न भयो।
जमिन र समुद्रबाट अन्तरिक्षमा स्थित लक्ष्यमाथि प्रहार गर्न सकिने संसारको एक मात्र यस्तो क्षेप्यास्त्र सन् २०१८ सम्ममा अमेरिकी र जापानी सैन्य सुरक्षा प्रणालीमा समावेश गरिनेछ।
उता पछिल्लो आइतबार मात्रै चीनले आवाजभन्दा १० गुणा तीव्र वेगले आणविक हतियारद्वारा लक्ष्यमा प्रहार गर्न सक्ने र अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ध्वस्त गर्न सक्ने वु १४ भनिने शस्त्र प्रणालीको सफल परीक्षण गरेको छ।
गएको अढाई महिनादेखि संयुक्त राज्य अमेरिका आफ्नो सिमानाको आसपास पनि विराट् र व्यापक सैन्य गतिविधि सञ्चालन गरिरहेको छ।
रूसले पनि पूर्वीएसियामा संसारमा सबैभन्दा आधुनिकमध्येको मानिने र एकैपटक तीनवटै क्षेप्यास्त्र प्रणालीद्वारा ३६ अलग-अलग लक्ष्यमा प्रहार गर्न सक्ने एस ४०० नाउको हवाई सुरक्षा प्रणालीको संख्या दोब्बर बनाएको छ। रूसले चीनलाई पनि यो प्रणाली प्रदान गरेको छ।
साथै रूसले एसियाको उत्तरपूर्वमा अत्यन्त शक्तिशाली जलसेना तैनाथ गरेको छ र गएको दुई वर्षदेखि उसले निरन्तर यो सेनाको हवाई र र नौसैनिक क्षमतामा विस्तार गरिरहेको छ।
उता, चीनको जल र वायु सेनाले हालै ताइवान र फिलिपिन्सको सिमानानजिकैको जलक्षेत्रमा आफूसँग भएका सबैभन्दा घातक लडाकु विमानहरूद्वारा गरिने सैन्य अभ्यासहरू सञ्चालन गरेका छन्।
विगत सधैंको वर्तमान हो
नोबेल पुरस्कार प्राप्त साहित्यकार विलियम फल्कनरले भनेका छन्, 'विगतको कहिल्यै पनि अन्त्य हुँदैन।' उनले अझ के भनेका छन् भने विगत कहिल्यै विगत हुँदैन, सधैं वर्तमान भएर बस्छ।
अमेरिकाको पश्चिमी किनारादेखि भारतीय उपमहाद्वीपसम्म विस्तारित र संसारका दुई महासागर जोड्ने एसिया-प्रशान्त क्षेत्रमा संसारको आधा जनसंख्या बस्छन्।
यो क्षेत्रका जलमार्गहरू विश्व अर्थतन्त्रको रक्त प्रणाली हुन्।
अमेरिकाका निकट मित्रहरूसहित चीन, भारत र इन्डोनेसियाजस्ता मुलुकहरू अवस्थित यो क्षेत्र अमेरिकाको भविष्यको लागि महत्त्वपूर्ण छ र क्षेत्रीय सबालमा सक्रिय रूपमा सहभागी अमेरिका एसियाको भविष्यको लागि त्यत्तिकै महत्त्वपूर्ण छ।
निसन्देह, सैनिक, वैज्ञानिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, वैचारिक सबै आधारमा अमेरिका संसारको सबैभन्दा शक्तिशाली राष्ट्र हो।
यो शताब्दीको मध्यसम्ममा माथिका कुनै पनि आधारमा अमेरिकालाई चुनौती दिने सामर्थ्य संसारको कुनै मुलुकले आर्जन गर्न सक्ने छैन तर पनि अमेरिकी सरकार, सेना र रक्षा विशेषज्ञहरू अमेरिकी हित असुरक्षित रहेको चिन्ता व्यक्त गरिरहेका छन्।
वर्तमानमा चीन अमेरिकापछिको शक्तिशाली राष्ट्र हो। हातहतियार र सैन्य सामथ्र्यको दृष्टिले रूस अहिले पनि संसारको दोस्रो हो, तर कमजोर आर्थिक क्षमताका कारण ऊ पछाडि देखिन्छ।
अत्यन्त ठूलो मारक क्षमता भएको र अत्याधुनिक प्रविधियुक्त हातहतियारले मात्र कुनै राष्ट्रलाई विजय र सुरक्षा प्रत्याभूत गर्दैन। भियतनामदेखि अफगानिस्तान र इराकसम्म आइपुग्दा अमेरिकाले नै यसलाई पुष्टि गरेको छ।
अर्को कुरा, अमेरिका एकैपटक दुई ठूला युद्ध मोर्चामा संलग्न रहने क्षमता राख्दैन भन्ने कुरा अमेरिकी रक्षाविज्ञ र उच्च सैनिक अधिकारीहरू बताइरहेका छन्। युद्ध गरेरै त चीन पनि ताइवानमाथि निर्णायक विजय प्राप्त गर्ने सामर्थ्य राख्दैन।
विगतका दुई विश्वयुद्धको शिक्षा के रहेको छ भने जसका कारण युद्ध प्रारम्भ भएको छ, तिनैको पराजयबाट युद्धको अन्त्य भएको छ।
पूर्वीएसिया र दक्षिणपूर्व एसियामा चीनका निकट र घनिष्ट मित्र उत्तरकोरिया र ब्रुनाई मात्रै हुन्। उक्त क्षेत्रका बाँकी सबै मुलुक चीनलाई सुरक्षा खतरा बुझ्छन् र अमेरिका मूलत: क्षेत्रका तिनै राष्ट्रहरूको अभिरुचिको कारण नै उक्त क्षेत्रमा सबल सैन्य सामथ्र्यसहित उपस्थित छ।
दक्षिण चीन सागरवरिपरिका मुलुकहरूमाझ अमेरिका र जापान किन चीनभन्दा बढी लोकप्रिय छन्? उत्तर दिने दायित्व चीनकै हो।
चीनकै चेतावनीका कारण अमेरिका र जापान दक्षिण चीन सागरबाट भागिहाल्छन् भन्ने चीनले सोचेको छ भने त्यो पनि कुनै रणनीतिक सोच होइन।
यस्ता विवादहरूको समाधानका चीनसमेत अंग रहेको अन्तर्राष्ट्रिय कानुन छ र अन्तर्राष्ट्रिय न्यायालयसहितका अन्य संयन्त्र पनि छन्।
चीन आफैं क्षेत्रका मुलुकहरूसमक्ष त्यस्ता कानुन र संयन्त्रमार्फत विवाद समाधानको प्रयासमा किन अग्रसरता देखाइरहेको छैन?
चीनले क्षेत्रमा रणनीतिक सामर्थ्य होइन, रणनीतिक विवेक प्रदर्शन गर्न ढिलाइ गरिरहेको छ। 'विगत कहिल्यै विगत हुँदैन, सधैं वर्तमान भएर बस्छ' यो सन्देश वर्तमान चीनको लागि अझ बढी हो।
काठमाडौं, आषाढ १ । इण्डोनेशियाको सिनाबुङ पहाडमा ज्वालामुखी फुट्दा हजारौं मानिसको भागाभाग भएको छ ।
तीब्र गतिमा आगोको लप्का, चट्टानका टुक्रा र खरानी उड्न थालेपछि पहाड नजिकका वस्तीमा रहेका हजारौं मानिस ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका हुन् ।
सुमात्रा द्वीपमा रहेको उक्त पहाडमा पाँच वर्ष अगाडि सन् २०१० मा पनि ज्वालामुखी फुटेको थियो ।
तर जुन २ यता भने निकै तीब्र रुपमा ज्वालामुखी बाहिर आएको बताइएको छ । त्यसअघि त्यहाँ चार सय वर्षअगाडी पनि ज्वालामखी फुटेको थियो ।
तीन हजारभन्दा बढी मानिस आफ्नो थातथलो छाडेर अन्यत्र लागेका छन् । आउँदा सातामा ज्वालामुखीले अझै डरलाग्दो रुप लिनसक्नेमा वैज्ञानिकहरु चिन्तित देखिएका छन् । –एजेन्सी

एजेन्सी
२०७२ जेष्ठ ३१ आईतवार
अमेरिकी मिसाइलबाट जोगाउने क्षमता
एजेन्सी : चीनको रक्षामन्त्रालयले अत्याधुनिक आणविक हतियारको सफलतापूर्वक परीक्षण गरिएको विवरण सार्वजनिक गरेको छ ।
रक्षामन्त्रालयले आणविक हतियारले लैस हुने सुपरसोनिक न्युक्लियर डेलभिरी मेसिनको सफलतापूर्वक परीक्षण गरिएको पुष्टि गरेको हो ।
अमेरिकासँग जारी दक्षिण चीन सागरको तनाव बढिरहेका बेला चीनले अमेरिकी मिसाइललार्इ असफल बनाउन सक्ने यो आधुनिक हतियारको केही दिनअघि सफलतापूर्वक परीक्षण गरेको हो ।
यो हाइपरसोनिक हतियार अत्याधुनिक सुविधासहितको सामरिक हतियार हो । यो हतियारले अमेरिकी मिसाइलबाट बचाउने क्षमता राख्ने चिनियाँ अधिकारीले जनाएका छन् ।
यो हतियारको सफल परीक्षण बिहीबार गरिएको हो । यो परीक्षणलार्इ अमेरिकी रक्षा मन्त्रालयले 'डब्लुयु १४' कोड नाम दिएको छ । चीनको पिपुल्स लिबरेसन आर्मीले १८ महिनायता यो हतियारको १८ महिनामा चौथो पटक सफल परिक्षण गरेको हो ।
हङकङबाट प्रकाशित हुने पत्रिका साउथ चाइना मर्निङ पोस्टमा छापिएको चिनियाँ गृह मन्त्रालयको विज्ञप्तीमा जनाइएअनुसार यसलार्इ सामान्य परीक्षणका रुपमा लिइएको छ ।
'हाम्रो क्षेत्रमा यो वैज्ञानिक अनुसन्धान र परीक्षण सामान्य हो', गृहमन्त्रालयले भनेको छ, 'यस परीक्षणको कुनै उद्धेश्य र कुनै देशविरुद्ध लक्षित छैन ।'
तर मिलिट्री मिलिट्री अब्जर्भर्सले भने यो किसिमको निरन्तर परीक्षणलार्इ दक्षिण सागरमा अमेरिकाले गरिरहेको हस्तक्षेपको जबाफ दिन बेइजिङ आफ्नो परमाणु क्षमतालार्इ बलियो बनाउनतर्फ लागेको प्रष्ट भएको उल्लेख गरेको छ ।
चीनको यो परीक्षणबारे सबैभन्दा पहिला समाचार प्रकाशति गर्ने अमेरिकी वेबसाइट वासिंङ्टनन फ्रिका बेकनले यो हतियार एकदमै बलियो र क्षमतायुक्त सामरिक हतियार भएको दाबी गरेका छन् ।
यो हतियारले एकैसाथ परमाणु पारम्परिक हतिषार पठाउने क्षमता राख्छ । यो हतियारको खास विशेषता भनेको यसले अमेरिकी मिसाइलबाट आफ्ना सेना र नागरिकलार्इ बचाउनसक्ने क्षमता राख्छ । 'डब्लुयु-१४' को गति ध्वनिको भन्दा पनि १० गुणा बढी अर्थात ७ हजार ६ सय ८० माइल प्रतिघन्टा रहेको छ ।

म्यान्मारमा झै सीमामा घुसेर अपरेसनको चेतावनी दिएको भारतलाइ पाकिस्तानले पनि चेतावनी दिएको छ। पाकिस्तानले आफु म्यान्मार नभएको, आफुसंग आणविक हतियार पनि भएको भन्दै सीमामा हुने जुनसुकै कारवाहीलाइ पनि प्रतिरोध गर्ने जनाएको छ।
ट्वीटरको माध्यमबाट सार्वजनिक गरिएको यो फोटोमा भारतीय सेनाको म्यानमार अपरेशनको बेलामा खिचिएको जनाइएको छ।
पाकिस्तानको रक्षा मन्त्रालयसंग जोडिएका एक मन्त्री राणा तनवीर हुसेनले भारतको चेतावनीलाइ जवाफ दिदै, “हामी म्यानमार हैन, के तपाइहरुलाइ हाम्रो सैन्य शक्तिको बारेमा ज्ञान छैन? पाकिस्तान एउटा आणविक देश हो, हामीसंग आणविक बम छ।’ भनेका छन्।
भारतले केही दिन अगाडी मात्र संकेत दिएको थियो कि ‘म्यानमार जतै छिमेकी देशहरुमा आफ्नो दुश्मन(उग्रवादी-आतंकवादी) को विरुद्द कारवाही चलाउन सीमा नाघ्न सक्छ।’
भारतको Mi-35 हेलिकप्टर, जुन म्यानमार अपरेशनमा प्रयोगमा ल्याइएको थियो।
भारतबाट यस्तो अभिव्यक्ति केन्द्रिय मन्त्री राज्यवर्द्धन रठौडले दिएका थिए। म्यानमारमा चलाएको अपरेशनको लागि भारतीय सेनाको प्रसंशा गर्दै उनले भनेका थिए, ‘म्यानमारको जस्तो अपरेशन छिमेकी देशको लागि पनि चेतावनी हो, जो आतंकवादीहरुलाइ आश्रय दिदैछन्। भारत आफ्नो दुश्मनलाइ खोज्न अब सीमा पनि नाघ्न सक्छ।’ रठौडको यस्तो बयानलाइ मोदी सरकारका केही मन्त्रीहरुले पनि समर्थन गरेका छन्। केही मन्त्रीहरुको विचार छ की, ‘२६/११ को मुंबइ हमाला पछि भारतीय सेनाले छिमेकी देशहरुको विरुद्धमा यस्तो कारवाही गर्नै पर्ने थियो।’
यस्तैमा पाकिस्तानका गृह मन्त्री चौधरी निसार अली खान चेतावनी दिएका छन् कि, ‘हिन्दुस्तानी नेताहरु दिनमा सपना देख्न बन्द गर। हामीलाइ म्यान्मार नसम्झ’।’ उनले भने,’ यस्तो बयानले बातचीतको वातावरण पनि खराब हुन्छ। यदि भारतले कुनै कार्य गरेमा सबक हामी पनि सिकाउन सक्छौं।’

ल्हासा: चीनको स्वायत्त क्षेत्र तिब्बतमा बुधबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ ।तिब्बतको गोङ्गगार जिल्लामा स्थानीय समयाअनुसार बुधबार बिहान ९ः१४ बजे सो दुर्घटना भएको बताइएको छ । सो क्षेत्रमा बस खाल्डोमा खसेर भएको सो दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । सो बस ल्हासा पर्यटक सेवासँग आबद्ध रहेको बताइएको छ ।
बसमा १९ जना यात्रु सवार रहेका जनाइएको छ ।
काठमाडौं, जेष्ठ २८ । हिंसाग्रस्त मुलुकहरुमा खटिएका संयुक्त राष्ट्रसंघका शान्ति सेनाले त्यहाँका युवती तथा महिलाहरुलाई महंगा सामान दिएर शारीरिक सम्पर्कका लागि उक्साउने गरेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघ आफैंले गरेको एक आन्तरिक अध्ययनले देखाए अनुसार राष्ट्रसंघिय शान्तिसेनाले शारीरिक सम्पर्क राख्न त्यहाँका स्थानीय महिलाहरुलाई सरसामान दिने गरेका छन् ।
शान्ति सेनाले गहना, पैसा, मोबाईल फोन तथा अन्य सामानहरु दिएर शारिरिक सम्पर्क स्थापित गर्ने गरेको र यसले हिंसाग्रस्त मुलुकहरुमा अबैध बेश्यावृत्ती बढाएको अध्ययनको निष्कर्ष छ ।
राष्ट्रसंघले आफ्नो शान्ति सेना खटिएका हाईटी र लाईबेरीयामा गरेको गोप्य अध्ययनबाट यो खुलाशा भएको हो ।
अध्ययनमा सहभागि स्थानीय महिला तथा किशोरीहरुले महंगा सामानको बदलामा यौन सम्पर्क राख्ने गरेको स्विकारेका हुन् ।
राष्ट्रसंघले सार्वजनिक नगरेको गोप्य प्रतिवेदनका अनुसार सन् २००८ देखि २०१३ को विचमा यौनशोषण तथा दुव्र्यवहारका ४ सय ८० उजुरी दर्ता गरिएका छन् ।
ती मध्ये एक तिहाई उजुरीमा बालबालिका समेत सामेल भएको बताइएको छ ।
राष्ट्रसंघको आन्तरीक रिपोर्टको हवाला दिंदै समाचार एजेन्सीहरु रोयटर्स र एपीले जनाएअनुसार पछिल्लो दशक विश्वमा शान्ति सेना परिचालन गर्ने क्रम ह्वात्तै बढेको छ । एजेन्सी