चीन पुगेका मोदीको सामाजिक सञ्जालमा मजाक उडाइयो
Advertisement

१ जेठ, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला चीनको तीन दिने भ्रमणमा छन् । चीन पुगेका मोदीको विभिन्न तरिकाले चर्चा भएको छ । सामाजिक सञ्जालमा उनको भ्रमणको विषयमा मजाक समेत उडाइएको छ ।

मोदी चाइना ह्याशट्याग #MODIINCHINA चलिरहेको ट्रेण्डिङमा मोदीले चीनको शियान टेराकोटा वारियर्स संग्राहालयमा गरेको मुर्ति अवलोकनमाथि सबै भन्दा बढी मजाक बनाइएको छ ।


मोदी चीन पुगे लगत्तै टेराकोटा वारियर्स संग्राहालयमा पुगेर चीन भ्रमणको औपचारिक शुरुवात गरेका थिए । उनले ती मुर्तिहरुलाई नजिकबाट नियालेका तस्विर यतिबेला सामाजिक सञ्जालमा मजाकका पात्र बनेका छन् ।

स्रोत : नेपाली हेडलाइन्स 

Advertisement



प्रतिक्रिया दिनुहोस्...