काठमाडौं भ्याली भनेको एउटा ठूलो ताल हो, तालमा कमलो माटो छ । यस्तो किसिमको ताल भएको ठाउँमा हामी अहिले बसेका छौं । यसैले हामीले विचार गर्नुपर्छ, कस्तो मेटेरियलमा घर बनाइराखेका छौं भन्ने । भूकम्प आउँदा तालको माटोमा भूकम्प आउँदा तालको माटोमा तरंगहरु बढी मात्रामा बलियो बन्न जान्छन् । यो माटोको गुणअनुसार फरक पर्न जान्छ । कडा चट्टानमा विस्तारै आएको कुरा नरम चट्टानमा छिटो हुन्छ । उनभने उसलाई बाटो सजिला भो नि । यो कुरा हामीले सम्झनुपर्यो ।
त्यसकारणले हामीले काठमाडौंमा घर बनाउँदा यस किसिमका जियोटेक्निकल इञ्जिनियर भन्छौं हामी । जस्तो वीर अस्पतालको ट्रमा सेन्टर बनाउँदा त्यहाँ हामीले आफैं काम गरेको हो । तर, हामीले कामचाहिँ उत्तरपट्टी गरेका थियौं, ट्रमा सेन्टरचाहिँ दक्षिणपट्टी बन्न गयो । त्यहाँ आफ्नै किसिमका प्रोब्लेमहरु थिए ।
माटो र चट्टानमा आउने तरंग फरक हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्यो । बालुवामा, माटोमा र चट्टानमा एउटै तरंगको प्रभाव फरक-फरक पर्न जान्छ । भनाइको मतलब, त्यसले हल्लाउने प्रक्रिया फरक-फरक हुन जान्छ भन्ने कुरा हामीले बुझ्नुपर्यो ।
काठमाडौं शहरको विकास कसरी भएको छ ? यो ४०/४५ वर्षको वीचमा हामीले विकासको पराकाष्टा अनुमान लगाउन सक्छौं । र, हामीसँग सबै कुरो छ । टेका लगाएर राखेका घरहरु हामीसँग छ । हामी यसलाई मेट्रो सीटी भन्छौं । अड्भान्स मेट्रो सीटी भन्छौं हामी यसलाई । यस्ता घरहरु बाटोमा क्र्याक भएको हामीले देखेका छौं । हामीले भूकम्पपछि निर्माण कार्य पनि सुरु गरेका छौं । हामीमा भूकम्पको चेतनामा कमी छ भन्ने कुरा यसले देखाउँछ । ढल्केको घरको मुनितिर मान्छेहरुले कन्स्ट्रक्सन सुरु गरिसकेका छन् । हामी कस्तो किसिमको सोचमा छौं भन्ने कुराको राम्रो उदाहरण हो यो ।
सेन्ट्रल काठमाडौंमा ठूला घरहरु खतरनाक देखिए । रिङरोड बाहिरचाँहि साधारणतया अग्ला घरहरुलाई कम खतरा छ भन्ने देखियो ।
अहिले मेरो आफ्नो फिल्ड भिजिटले मैले काठमाडौंभित्र के देखेको छु भने धेरै ठाउँमा माटोले, ढुंगा र ईंटाले बनेका घरहरु ड्यामेज भएका छन् । सिमेन्टले बनेका घरहरुलाई हेर्दा भूकम्पको क्षतिको स्केलको कुरा गर्ने हो भने ६/७/८ को रेञ्जमा ड्यामेजहरु भएको छ भनिन्छ, काठमाडौंभित्रको कुरामा । उत्तरपट्टी ८ को रेञ्जमा छ भने विस्तारै ७ हुँदै ६ हुँदै ड्यामेजहरु गरेको छ भन्ने कुरा देखिएको छ ।
भूकम्पको तरंगको कुरा गर्दा अलिकति टेक्निकल कुरा गरौं । घरको उचाइका आधारमा तरंग रहने आफ्नो आफ्नै फ्रिक्वेन्सी हुन्छ । जमीन र घरहरुको तरंग मिल्यो भने बढी हल्लिन्छ । मिलेन भने कम भुइँचालो जाँदा पनि तपाईको घर कम हल्लिन्छ । यो हामीले महसुस गर्ने हो । ‘बढी हल्लियो भन्छन्, तर यो घर त हल्लिएन’ भन्छन्, तर त्यो होइन । जमीन र घरको हाइटले यसमा केही कुरा, घरमा भएको मेटेरियलले, लोडले असर पार्ने कुरा हो ।
अर्को कुरा के पनि बुझ्नुपर्यो भने अमेरिकामा अध्ययन गर्दा के देखियो भने कम माटोको थिकनेश भएको ठाउँमा, चट्टानबाट माथिपट्टी माटो रहेको ठाउँमा ४ देखि ५ तले घरहरु बढी मात्रामा भत्किए । भरे, यतापट्टी आएर गहिरो माटो भएका ठाउँमा अग्ला-अग्ला घरहरु बढी भत्किए । यो कुरा अहिले हामीसँग प्रष्टसँग लागु भएको छ । धेरै माटो भएका ठाउँमा अग्ला घरहरुमात्र बढी भत्किएका छन् । होचा घरहरु भत्किएका छैनन् । जस्तो- उदाहरणका लागि हामीले कुरा गरौं, असन क्षेत्र । असन क्षेत्रमा पुरा ना घरहरु पनि किन भत्केनन् कुराको उत्तर चाहिँ धेरै हदसम्म यसले दिन्छ । हाम्रो मास्के सरले पनि यो कुरा पक्कै जोड्नुहुन्छ ।
नैकाप, रामकोट क्षेत्रमा जानोस् हेर्न । उहाँहरुले पुरेर बनाएको ठाउँमा घर बनाउनुभएको छ । काटेर पुरेको जमीनमा हामीले घर बनाउँदा भूइँचालोमा सबैभन्दा ठूलो असर त्यसले पार्छ ।
अहिले हामीले हेर्दा सेन्ट्रल काठमाडौंमा ठूला घरहरु खतरनाक देखिए । रिङरोड बाहिरचाँहि साधारणतया अग्ला घरहरुलाई कम खतरा छ भन्ने देखियो । जस्तो पेप्सीकोलामा बनेका अग्ला अग्ला घरहरुमा हामीले स्ट्रचरल ड्यामेजहरु हामीले केही पनि भेटेनौं । हामीले गरेको फाइन्डिङ त्यहाँ धेरै हदसम्म लागू भएको देखिन्छ । यो रिसर्चले हामीलाई धेरै कुरा सिकाएको छ ।
अहिले धरहराजस्तै भक्तपुरका ईटा भट्टाका चिम्नीहरु छैनन् । म त काठमाडौंको लोकल परें । काठमाडौंमा जन्मे हुर्केको मान्छे । हामीले भक्तपुरका चिम्नीहरु छर्लङ्ग देख्थ्यौं, अहिले म देख्दिँन । ती गए । ढलेका छन् ।
भूकम्पपछिको अर्को समस्या भनेको पहिरोको हो । भूकम्पको पहिलो काम भनेको चट्टान खस्ने हो । हाम्रो नेपालको तातोपानी क्षेत्रमा यस्तो भएको छ । रसुवामा एकदमै ठूला ठूला धाँजाहरु फाटेका छन् । ५० मिटरसम्मका धाँजाहरु फाटेका छन् । अहिले धेरै सुख्खा भएका बेलामा भुइँचालो गएकाले हिलो र माटो बग्नेखालको पहिरो गएको छैन ।
भक्तपुरको सिपाडोलमा हेर्नोस् नाक परेको डाँडामा सबै घरहरु भत्किएका छन् । तर, खोंच परेको भागमा केही पनि ड्यामेज भएको छैन
अर्कोचाहिँ खोल्सी पुरिएको ठाउँ भासिने प्रक्रिया हुन्छ । हामीकहाँ प्रष्टरुपमा अहिले एयरपोर्ट जाने बाटोमा तपाईहरुले याद गर्नुभएको होला, ठ्याक्कै यही छ । मेरो धेरै त्यहीँ नजिकै हो, त्यहाँ खोल्सी थियो । त्यहाँ खोल्सी भएको ठाउँमा पुरेर सडक बनाएको हो, मलाई थाहा छ । त्यो मैले देखेको थिएँ, ठ्याक्कै त्यहीँ अहिले फुटेर बाटो ड्यामेज भएको छ । यो पनि भूकम्पबा बेला जाने पहिरोको एउटा प्रकार हो ।
अर्को चाहिँ के छ भने काटेर पुरेको जमीन । अहिले धेरैजस्तो सडकका किनारहरु पुरिएका छन् । यसरी किनार भत्किनुको कारण जहाँ तपाईले काटेर पुर्नुहुन्छ, त्यो ठाउँमा भूइँचालोले सबैभन्दा बढी हानी नोक्सानी पुर्याउँछ ।
अर्को कुरा, नैकाप, रामकोट क्षेत्रमा जानोस् हेर्न । उहाँहरुले पुरेर बनाएको ठाउँमा घर बनाउनुभएको छ । लाइन पुलिङ गरेर, जग्गा विकास गरेको भनेर बनाएको छ, घर कामै नलाग्ने छ । यति राम्रा घरहरु छन्, घर कामै नलाग्ने गरी बिग्रिएका छन् । यो के कारणले भयो भन्दा यसरी काटेर पुरेको जमीनमा हामीले घर बनाउँदा भूइँचालोमा सबैभन्दा ठूलो असर त्यसले पार्छ ।
अर्कोचाहिँ हाम्रो समस्या कहाँनेर होभन्दा डाँडो परेको भागमा बढी क्षति र बढी पहिरो जान्छ । जस्तो हेर्नोस्, भूकम्पको तरंग खोल्सीमा कम हुन्छ, डाँडामा बढी हुन्छ । यसले गर्दा हामी पहिरोले दुख दिन्छ भनेर खोल्सीको भागमा केही पनि बनाउन चाहँदैनौं । अनि डाँडामा सुरक्षित भइन्छ भनेर घर बनाउँछौं । अब हामी डाडाँमा घर बनाउने कुरालाई कसरी सुरक्षित पार्न सक्छौं ? अब यहाँ इञ्जिनियरको काम धेरै छ ।
अहिले भक्तपुरको सिपाडोलमा हेर्नोस् नाक परेको डाँडामा सबै घरहरु भत्किएका छन् । तर, खोंच परेको भागमा केही पनि ड्यामेज भएको छैन । मैले पूर्वी नेपालमा पनि यस्तै देखेको थिएँ । पाँचथरमा २०११ को भूकम्पमा हेर्दा नाक (डाँडा) मा बढी असर र सोंचमा कम असर पर्छ भन्ने कुरा डाटाहरुले देखाइराखेको छ ।
वर्ष लागेपछि मुग्लिन सडकखण्डमा के होला ?
मैले अघि पनि भनें पहाडमा ठूल्ठूला धाँजा फाटेका छन् । जस्तो लाङटाङ गाउँ नै गायव भएको छ । गावै छैन अहिले पहाडमा कहाँ कहाँ ड्यामहरु बन्न सक्छन् भनेर हामीले हरिरहेका छौं । गोरखामा नदी थुनिएको छ । तर, अहिले पानी खोलिइसकेको देखिएको छ । गोरखाका गाउँमा स-साना पहिरो धेरै गएका छन् ।
मुग्लिन सडकको अध्ययन गर्दा त्यहाँ ६० प्रतिशत पहिरो भूकम्पका बेलामा चर्किएका कारण भएको छ, अहिले त्यहाँ के भएको होला ?
त्यसकारण भूकम्पछिको ठूलो समस्या भनेको पहिरो हो । मुग्लिन सडकको अध्ययन गर्दा हामीले के पायौं भने त्यहाँ ६० प्रतिशत पहिरो भूकम्पका बेलामा चर्किएका कारण भएको छ, अहिले त्यहाँ के भएको होला ? यसको अध्ययन गर्न धेरै जरुरी छ र हामी यहाँ चुकेका छौं जस्तो मलाई लाग्छ ।
म एउटा भूगर्भविद भएको नाताले मैले केके सिकेको छु भने हामीसँग भूकम्पका बारेमा ज्ञान एकदमै कम छ । स्कुलबाटै भूकम्पबारे धेरै कुरा सिकाउन जरुरी छ । अर्को कुरा जमीन सुहाउँदो घर डिजाइनहरु हामीले गरेका छैनौं । पिल्लर राख्ने बनाउने भन्ने सबैतिर एउटै सोचमा हामीले घरहरु बनाइराखेका छौं । ग्रामीण क्षेत्रमा कम खर्चको इञ्जिनियरिङ घरहरु बनाउनुपर्छ भन्ने सोच हामीले बनाउन सकेनौं । यो हाम्रो ठूलो ‘लस’ हो जस्तो मलाई लाग्छ ।
निर्माणमा सरकारी अनुगमनको अभाव छ । अनुगमन भइदियो भने घरहरु बन्दा कम्तिमा इञ्जिनियरिङ नियमहरु लागु हुन्थ्यो कि भन्ने मेरो धारणा हो । जियोलोजिकल ज्ञानलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरामा हामी पछि परेका छौं ।
भूकम्पपछिको पहिरोका लागि अहिलेसम्म कुनै काम गर्न नसकेको देखिन्छ । अहिलेसम्म सरकारी निकायबाट भूकम्पपछिको पहिरोलाई कसरी अध्ययन गर्ने भन्नेबारेमा हामीले काम गर्न सकेका छैनौं । तर, अहिले म आफैं त्यसका लागि लागि परेको छु र एक दुईदिन भित्रमै कस्तो किसिमको कहाँ कहाँ खतरा छ भनेर सानो म्याप बनाएर यहाँहरुको सामु प्रस्तुत गर्छु ।
Advertisement