'संसारकै उत्कृष्ट मालिक, जसले ६ हजार ४ सय कर्मचारीलाई एकैपटक छुट्टी मनाउन फ्रान्स लगे
Advertisement

एक चिनिया कम्पनीले आफ्ना ६४ सय कर्मचारीलाई चार दिने विदा दिएर फ्रान्स घुम्न पठाएको छ । सबै खर्च आफुले व्यहोर्ने गरी कम्पनीले कर्मचारीहरुलाई फ्रान्स घुम्न पठाएको हो ।

फ्रान्स घुम्न जाने विदेशी पर्यटक मध्ये अहिलेसम्मकै ठूलो यो समूहलाई शनिवार फ्रान्सको दक्षिणी रिसोर्ट नाइसमा स्वागत गरिएको छ ।
चीनको टाइन्स ग्रुपले आफ्ना ६४ सय कर्मचारीलाई यस्तो लोभलाग्दो भ्रमण प्याकेज उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष ली जिनयुआनले आफ्ना कर्मचारीको सामुहिक फ्रान्स भ्रमणका लागि राजधानी पेरिसमा १ सय ४० होटलका साथै केन्स र मोनाकोमा ४७ सय कोठा बुक गराएका छन् ।
कर्मचारीले भ्रमणका क्रममा लोभ्रे म्युजियमको अवलोकनका साथै मोलिन रग शोमा सामूहिक भ्रमण पनि गर्ने बताइएको छ ।
समाचार अनुसार यी चिनिया कर्मचारीहरुले फ्रान्स भ्रमणमा रहँदा झण्डै एक करोड ४६ लाख डलर खर्च गर्नेछन् ।
फ्रान्सको पर्यटक विकाश एजेन्सी अटोउट फ्रान्स अध्यक्ष क्रिस्चियन म्यान्टेलका अनुसार ठूलो संख्याको चिनिया भ्रमण समूहलाई व्यवस्थापन गर्नका लागि सार्वजनिक सेवाका साथै पर्यटन व्यवसायी, होटल, रेष्टुराँ, पसल तथा डिजाइनर ब्रान्डहरु खटाइएको छ ।
अहिलेसम्मै चिनिया कर्मचारी समूहबाट सकारात्मक पृष्ठपोषण प्राप्त भैरहेको उनले एफपीलाई बताएका छन् ।
चिनिया कर्मचारी पर्यटक समूहले आफ्नो फ्रान्स बसाइको क्रममा घुमघामका लागि १ सय ४६ बस भाडामा लिएको छ ।
आफ्ना ६४ सय कर्मचारीलाई एकसाथ फ्रान्स भ्रमणमा पठाउने टाइन्स ग्रुप चीनको प्रतिष्ठित औद्योगिक समूह हो, जसको पर्यटक, व्यापार तथा कस्मेटिक लगायतका क्षेत्रमा लगानी रहेको छ ।
यसैबीच फ्रान्स पुगेका चिनिया कर्मचारीले सबैभन्दा लामो मानव निर्मित वाक्यांश (फ्रेज) निर्माण गरी विश्वकिर्तिमान कायम गरेका छन् । नाइसको सडकमा उभिएर “Tiens dream is Nice in the Cote d Azur” भन्ने वाक्यांश निर्माण गरेका हुन् । -बीबीसी



Advertisement



प्रतिक्रिया दिनुहोस्...