एका एक कुनै देशको नक्शा नै मेटिनेगरी समुन्द्रमा डुब्न लागेपछि प्रधानमन्त्रीले गरे संसारसँग अपिलः कृपया हामीलाई बचाउ.....
Advertisement
एका एक कुनै देशको नक्शा नै मेटिने खतरा भयो भने के गर्ने? यहाँ कुनै देशमा भएको सैन्य आक्रमणको कुरा गरिएको छैन । खासमा यो मुद्धा जलवायु परिवर्तनसँग सम्बन्धित छ ।
यहाँका मानिसहरु अव देशमा बस्न नसकिने अवस्था आएको भन्दै आतंकित छन् । कतिपय मानिसले ताबालु छोडिसकेका छन् ।
तवालुको जनसंख्या केवल १० हजार छ । यहाँको सबैभन्दा अग्लो स्थान समुन्द्री सतहबाट केवल ४ मिटर उचाइमा छ । विश्वभरी तापमान वृद्धी भैरहँदा यो देशले आफ्नो अस्तित्व नै गुमाउने अवस्था आएको हो ।
प्रशान्त क्षेत्रमा फेलिएका द्वीपको समूहमा पर्ने तवालु सन् १९७८ मा बेलायतबाट स्वतन्त्र भएको थियो । समुुन्द्री सतहमा भैरहेको निरन्तरको वृद्धीले तबालु जस्ता देश डुब्ने चरणमा पुगेका छन् ।
सार्क राष्ट्र माल्दिभ्स समेत डुब्न लागेको चर्चा हुने गरेको छ भने बंगलादेशका विभिन्न क्षेत्र समुन्द्री डुवानको खतरामा छन् ।
देश डुब्न लागेपछि प्रधानमन्त्री एनेल युरोपेली संघका नेताहरुसँग कुरा गर्न ब्रसेल्स पुगेका छन् । उनले संसारमा विश्वब्यापी तापक्रम घटाउने काम गर्न अपिल गरेका छन् ।
Advertisement