भर्खरै सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गयो
Advertisement

डिसीनेपाल डटकम संवाददाता – बैशाख १२ गते आएको महाभूकम्प पछि त्यसको पराकम्पन अझैसम्म पनि रोकिएको छैन । त्यस्तै विहीबार साँझ ५ बजेर ५९ मिनेटमा सिन्धुपाल्चोकको महादेवस्थानलाई केन्द्र बनाएर ४.४ रेक्टर स्केलको परकम्पन महशुस गरिएको छ । विहीबार गएको यो पहिलो परकम्पन हो ।


त्यस्तै बुधबार बिहान दुई वटा भूकम्पको धक्का महशुस गरिएको थियो । बुधबार बिहान १० बजेर १९ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टरको भूकम्पको पराकम्पन र ९ बजेर ५५ मिनेट जाँदा सिन्धुपालचोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।

सानासाना पराकम्पन जाने क्रम अझै जारी रहेकाले त्यस्ता धक्काबाट नतर्सिन तर सचेत रहन विज्ञको सुझाव छ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...