जापानमा नौमती बाजा घन्काउँदै नेपाली युवाहरु !!!
Advertisement
काठमाडौं, असार ३– रोजगारी र अध्ययनको सिलसिलामा जापान पुगेका युवाहरूले नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न थालेका छन् ।
जापानी समाजमा नेपालको कला र संस्कृति चिनाउने उद्देश्यले बागलुङका ती युवाहरुले नौमती बाजा समूह नै बनाएर उनीहरू सक्रिय बनेका हुन् ।
नौमती बागलुङको पनि विशेषगरी गलकोट क्षेत्रका युवाहरूले यसको अगुवाइ गरिरहेका छन् । नेपाली संस्कृतिको संरक्षणसँगै विदेशीहरूमाझ नेपाली कला र संस्कृतिको
पहिचान गराउन यस्तो प्रयास थालिएको जापानमा कार्यरत बागलुङ हरिचौरका रामकृष्ण बम मल्लले बताए ।जापानका मुख्य सहरहरूमा रहेका नेपालीहरूलाई सांस्कृतिक अभियानमा जोड्ने लक्ष्य रहेको मल्लको भनाइ छ । उनीहरुले जापानी पर्वहरूमा समेत नेपाली कला र संस्कृतिको प्रस्तुति राख्ने गरेका छन् ।
जापानको टोकियो, नागोया, सिकागोलगायतका ठूला सहरमा नेपाली समुदायले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा नौमती र भजनको प्रस्तुति राख्ने गरिएको जापानबाट देवेन्द्र थापाले जानकारी दिए ।
Advertisement