अत्याधिक गर्मीका कारण ४२ जना बेहोस
Advertisement

४ असार, महोत्तरी  अत्याधिक गर्मीका कारण जिल्ला अस्पताल जलेश्वरमा एकै रातमा ४२ जना बेहोस भएका बिरामी उपचारका लागि ल्याएका छन् । दिनदिनै बढ्दै गएको गर्मी गएराति असहनीय रुप लिएपछि जिल्लाका विभिन्न गाउँबाट जिल्ला अस्पताल जलेश्वरमा महिला तथा पुरुष गरी ४२ जना उपचारका लागि ल्याएको अस्पतालले जनाएको छ ।   

सबैलाई अस्पतालमा स्लाइन पानी चलाइरहेको छ । उपचारका लागि अस्पताल पुगेकामध्ये अधिकांश वृद्धवृद्धा रहेका छन् भने बालबालिका र वयस्कहरू पनि गर्मीबाट प्रभावित भएका छन् । गर्मीका कारण पेट दुख्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, छाला चिलाउने, बान्ता हुने र अचेत हुनेजस्ता लक्षण देखा परेको अस्पतालका चिकित्सकहरू बताउँछन् ।  स्रोत # अनलाइन खबर 


Advertisement



प्रतिक्रिया दिनुहोस्...