गर्मीले अस्पतालमा बिरामीको भीड दिनहु बढ्दो !!!
Advertisement

वीरगन्ज, असार ३–प्रचण्ड गर्मीको कारण वीरगन्जमा सर्पदंश लगायतका अन्य बिरामीको चाप बढेको छ । अत्यधिक गर्मीका कारण विषालु सर्पहरु बाहिर आउने गरेको कारण यसको दंशबाट प्रभावित हुने बिरामीको सङ्ख्या बढेको नारायणी अस्पताल वीरगन्जले बताएको छ । अस्पतालमा अहिले सर्पदंशका पाँचजनासम्म बिरामी आउने गरेको र अन्य प्रकारका बिरामीको पनि सङ्ख्या बढेको नारायणी अस्पतालका प्रमुख चिकित्सक रामशङ्कर ठाकुरले बताए ।

करेत, गोमनलगायतका सर्पहरुको बिगबिगी तराईका जिल्लाहरुमा बढेको र नारायणी अस्पताल वीरगन्जसहित यस आसपासका बिरामीहरु उपचारका लागि आउने भएका कारण अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका चिकित्सकले बताएका छन् । यसैगरी निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...