प्रमाण भेटिए नेतालाई पनि छाडि्दँन : लोकमान
Advertisement
२४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले नेताहरुको अकुत सम्पतीबारे छानविन भइरहेको बताएका छन् । नेताहरुलाई कहिले समाउने ? भन्ने प्रश्न धेरै आएको भन्दै उनले प्रमाण भेटिए कसैलाई पनि नछाड्ने बताए । शनिबार राजधानीमा भएको एक कार्यक्रममा प्रमुख आयुक्त कार्कीले सूर्यनाथ उपाध्यायको पालामा केहीलाई मुद्दा लागेपछि भ्रष्टाचरीहरुले परिवार र नातेदारको नाममा सम्पत्ति राख्न छाडेको बताए । ‘आजभोलि भ्रष्टाचारीहरुले न आफ्नो नाममा राख्छन्, न परिवारको नाममा राख्छन् । अर्कोको नाममा राख्छन्’ चुट्टी बताउँदै उनले भने-’जसको नाममा राखेका छन्, उसैले खान्छ ।’
कार्कीले कसैसँग सम्झौता नगर्ने प्रतिज्ञा समेत गरे । उनले भने-म ईश्वरको नाममा प्रतिज्ञा गर्छु कि कुनै मोलमोलाइ गर्दिँन । विकास निर्माणको काममा कुनै अवरोध खडा भएको छ भने रोक्ने कोशिस गर्छु ।’ अख्तियारले थोरै जनशक्तिको भरमा धेरै काम गरेको भन्दै उनले देशभरमा सुशासन भएको एक मात्र ठाउँ अख्तियार भएको समेत बताएका छन् । उनले आफूले पत्रकारहरुबाट समेत अपेक्षाकृत सहयोग नपाएको गुनासो गरेका छन् ।
नेता छाडेर कर्मचारीमा केन्द्रित
अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायका पालादेखि नै अख्तियारले राजनीतिक दलका नेताहरुलाई छोएको छैन । पूर्वराजा ज्ञानेन्द्रका पालामा दलका नेतालाई चलाउने प्रयास गरिएको थियो । तर, यतिबेला अख्तियारले दलका नेताहरुले गरेको अनियमितताबारे थाहा नपाएजस्तो गर्दै आफ्नो अभियान कर्मचारीमा मात्र केन्दि्रत गर्दै आएको छ ।
नेता रिसाए संसदीय सुनुवाइ हुन सक्ने
अख्तियार प्रमुख कार्की खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा बाधा अड्काऊ फुकाउने आदेशअन्तरगत चर्को विवादका वीच अख्तियार प्रमुख बनेका हुन् । त्यसबेला कार्की संसदीय सुनुवाइविनै अख्तियारमा नियुक्त भएकाले अहिले संसदमा उनीमाथि सुनुवाइ गर्ने कि नगर्ने भन्ने विवाद यथावत छ ।
प्रमुख दलहरुले संवैधानिक निकायका पदाधिकारीको सुनुवाइ गरिने बताए पनि अख्तियार प्रमुख कार्कीलाई अहिलेसम्म संसदीय सुनुवाइमा झिकाइएको छैन । तर, उनले दलहरुलाई अख्तियार लगाउने भाषणमार्फत चेतावनी दिएपछि दलका नेताहरुले उनीमाथि सुनवाइको घन्टी बजाउन सक्ने कतिपयको विश्लेषण छ ।