घोडा हिँड्दा पुल भाँचियो
Advertisement
जुम्ला, असार ३ – जिल्लाको कुडारी गाविस वडा नं १ स्थित तिला नदीमाथि हालिएको ५० वर्ष पुरानो काठेपुल भाँचिएको छ । जुम्लाको ताम्ती गाविसमा चामल ढुवानी गरिरहेको घोडा हिँड्दै गर्दा पुल भाँचिएको हो । पुल भाँचिदा आधा घण्टा जति घोडा पुलमा अड्किन पुग्यो ।
ताम्ती गाविसमा जाँदै गरेको अवस्थामा करिब एक क्विन्टल चामलसहित लाखौँ मूल्य पर्ने घोडा सकुशल बाँचेपछि ताम्ती–८ टोप्ला जुम्लाका घोडा साहु धनवीर शाहीले पनि खुसी भएर कुडारीवासीलाई धन्यवाद दिए । अहिले पुलबाट आवतजावत कार्य पूर्ण ठप्प छ । पुल भाँचिएर मान्छे तथा पशुवस्तुको आवतजावत रोकिएपनि यस विषयमा सरोकारवाला निकायहरु मौन देखिन्छ । स्रोत # रातो पाटी

Advertisement