शिरोधारा आयुर्वेदिक चिकित्सात्मक उपचार विधि र यस बाट फाइदा
Advertisement

डा. हेमराज कोइराला
शिरोधारा आयुर्वेदिक पञ्चकर्म विज्ञानअन्तर्गत पर्ने लोकप्रिय सुख चिकित्सात्मक उपचार विधि हो । निधार वा शिरमा निरन्तर स्नेहन द्रव्यको धारा दिएर गरिने उपचार भएकाले यसलाई शिरोधारा भनिन्छ । रोगावस्था र रोगीको प्रकृति हेरेर तेल, घ्यु, दूध, मोही, मासुको रस, बोसो वा सफा पानीजस्ता पदार्थलाई सिधै अथवा आयुर्वेदीय औषधिहरू मिलाएर शिरोधारा दिइन्छ । स्वस्थ्य व्यक्तिका लागि भने औषधीय द्रव्य नराखिकन सादा तेल (तिल, लेभेन्डर, बदाम) को धारा दिइन्छ ।

आयुर्वेदीय मान्यताअनुसार हाम्रो शरीर, मन र आत्माको अन्तर्सम्बन्ध छ । यो सम्बन्ध प्रगाढ रहिरहे प्रतिरक्षा प्रणाली सशक्त भई हामी स्वस्थ्य भइरहन सक्छौँ । शिरोधारा यस्तो उपचार विधि हो, जसले जीवनका यी पक्षलाई पूनर्ताजगी गराएर निरोगी बनाउँछ । जापानका युवा के. र उहाँका साथीहरूले गरेको अनुसन्धानमा शिरोधारा गर्नेहरूको मानसिक तनाब कम र चित्तको अवस्थामा परिवर्तन पाइएको थियो भने तनावका लागि जिम्मेवार हर्मोनहरू रगतमा नन्एड्रिलानिनको र मुत्रमा सेरोटोनिनको निष्कासन कम पाइयो ।

 उहाँकै अनुसन्धानमा शिरोधारा गर्दा, थाइरोट्रोपिन रिलिजिङ हर्मोन, डोपामाइन र नेचुरल किलर सेलहरूको सक्रियताले शिरोधारा प्रतिरक्षा प्रणाली सशक्त गर्ने विधि हो भन्ने मतलाई अझ पुष्टि गरिदियो । विधि शिरोधाराका लागि पेट हल्का खाली हुनुपर्छ । नसामा रहेकाहरू, वाथ व्याधीले ग्रस्त, ढाड तथा घाँटीका समस्याले ग्रस्त, निधारका घाउ खटिरा र स्नेहन द्रव्य एलर्जी भएकाहरूले शिरोधारा गर्नुहुन्न । शिरोधारा गर्नुभन्दा अघि मुख अभ्यङ्ग गर्नुपर्छ । तत्पश्चात् धारा टेबलमा उत्तानो परेर आरामपूर्वक सुतेपछि आँखामा तेल नपरोस् भनेर पट्टी बाँध्नुपर्छ । तेलको उचित तपक्रम जाँचेर तेललाई विस्तारै निधारमा झर्न दिनुपर्छ । यो क्रम ४५ मिनेटदेखि एक घण्टासम्म जारी रहन्छ । समय पूरा भएपछि तेल पुछेर मनोरम स्थानमा गएर आराम गर्नुपर्दछ ।

फाइदा 

विविध रोगहरू जस्तै आँखाको समस्या, पिनास, माइग्रेन, एलर्जिक राइनाइटिस, कपाल फुल्ने, निद्रा नलाग्ने, तनाव, चिन्ता, भय, उदासिनता, स्मृतिनास, कान बज्ने, रिङ्गटा लाग्ने, श्रवण शक्तिको क्षयजस्ता समस्यामा शिरोधारा अत्यन्त लाभदायक छ ।

मनोशारीरिक रोगहरूजस्तै उच्च रक्तचाप, मधुमेह, प्रमेह, सोरायसिस, दम आदिमा फाइदा यसले पु¥याउँछ । तनावबाट मुक्ति, शान्ति महसुुस र आनन्दको अनुभूति गर्ने चाहनेहरूले शिरोधारालाई प्राथमिकताका साथ छनोट गरेको पाइएको छ । शरीर, आत्मा र मनको पूनर्ताजगी गराई आध्यात्मिक शक्तिको जागरण, एकाग्र, ध्यान, लय, स्मृति र प्रखर संभाषणजस्ता चित्त शक्तिलाई यसले बढाउँछ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...