नेप्से १० अंकले, कारोबार रकम एक अर्बले बढ्यो
Advertisement
२४ जेठ, काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा कारोबार रकम निकै बढेको छ । गत साताको तुलनामा यो साता नेप्सेमा एक अर्ब रुपैयाँ बढीको कारोबार भयो । साताभरमा एक सय ७२ कम्पनीका ५४ लाख ८६ हजार कित्ता सेयर दुई अर्ब ३० करोड रुपैयाँमा किनबेच भयो । गत साता एक सय ५८ कम्पनीका ३६ लाख कित्ता सेयर एक अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७६.७३ प्रतिशतले बढेको छ । कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरुको मात्र एक अर्ब १४ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारका ४९.४५ प्रतिशत हो ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

Advertisement


