`अझै पनि`को इन्डक्ल्याप पार्टी
Advertisement
काठमाण्डौ, २०७१ आषाढ ४, बुधवार : आलोक नेम्वाङ निर्देशित फिल्म ‘अझै पनि’ को छायाँकन सकिएको छ । काठमाण्डौमा पर्ने गाविस र बादल माथिको ठाउँ भनेर चिनिने मुडेसम्म ४५ दिन सम्म ‘अझै पनि’ को छायाँकन गरियो । छायाँकन सकिएको उपलक्ष्यमा ‘अझै पनि’ टिमले मंगलबार रात्री भोजको आयोजना गर्यो । तीनकुनेस्थित ग्रीन क्याफेमा साँझ ६ बजेदेखि सुरु भएको भोजमा ‘अझै पनि’ समुह सदस्यले छायाँकन गर्दाको अनुभव बाँडे ।
‘कोही मेरो’ पछि पाँच वर्षको अन्तरालमा फिल्म निर्देशनमा फर्किएका निर्देशक आलोक नेम्वाङले भने, ‘छायाँकन धेरै राम्रोसँग भएको छ । हामीले मिहेनत गरेका छौं ।’ ‘अझै पनि’ निर्देशनको कारण बारे निर्देशक नेम्वाङले भने, ‘मैंले सुदर्शन थापाको लागि अझै पनि निर्देशन गरेको हुँ । ऊ राम्रो अभिनेता हो ।’ निर्माता एवं अभिनेता थापाले पनि निर्देशक नेम्वाङसँग काम गर्न पाउनु आफ्नो लागि खुसीको कुरो रहेको बताए । उनले भने, ‘धन्यवाद आलोक सरलाई । फिल्ममा हामीले मिहेनत गरेका छौं ।’
सुदर्शन र पुनम गौतमको संयुक्त लगानी रहेको ‘अझै पनि’ मा पूजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का, विशाल ढुङ्गाना, विजय लामा, मिथिला शर्मा र रामशरण पाठकको अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी र सचिन सिंको संगीत रहेको ‘अझै पनि’ लाई यही साल प्रदर्शनको लक्ष्य राखिएको छ । स्रोत # फिल्मी खबर
Advertisement