मनसुन सुरु हुन अझै तीन चार दिन लाग्ने
Advertisement
मनसुन सुरु हुन अझै तीन-चार दिन लाग्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वर्षा सुरु हुने औसत समय एक साता नाघिसकेको छ। सामान्यतया जुन १० देखि मनसुन सुरु हुने भएता पनि यस वर्ष ढिलो सूरु हुन लागेको मौसमविद शान्ति कँडेलले सेतोपाटीलाई बताइन् ।
कँडेलले अबको तीनचार दिनभित्र मनसुन सुरु हुने जानकारी दिइन्। अबको केही दिनमै नेपालको पूर्वीभागबाट मनसुन सुरु हुन्छ,' उनले भनिन् । पूर्वी भागबाट प्रवेश गर्ने मनसुन अहिले भारतको केरला र बंगलादेशको चटगाउँबाट अघि बढ्न सकेको छैन्।
गत वर्ष नेपालमा मनसुन जुन १३ बाट सुरु भएको थियो । यस वर्ष केरलामा जुन ६ तारिखमा मात्रै मनसुन देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन। मनसुन सुरु नभएका कारण राजधानी सहितका देशका विभिन्न स्थानमा पछिल्लो केहीदिन गर्मी बढेको छ। स्रोत # रातो पाटी
Advertisement