सलक्क परेको कपाल चाहनुहुन्छ भने अण्डा लगाउनुहोस् !!!
Advertisement
अण्डाको प्रयोगले तपाईंले आफ्नो कपाललाई नरम र सलक्क परेको बनाउन सक्नुहुनेछ । अण्डालाई हप्तामा एक पटक कपालमा लगाउनाले कपाल निकै राम्रो हुने गर्दछ । कपाललाई सलक्क परेको बनाउन अण्डाको प्रयोग कसरी गर्न सकिन्छ आउनुस् थाहा पाऔँ ।
१. अण्डाको प्याकः अण्डामा निकै प्रोटिन हुने गर्दछ जसले कपाल टुक्रिन दिँदैन । आफ्नो कपाल राम्रो होस् भन्ने चाहनुहुन्छ भने अण्डा र क्रिमको प्याक बनाउनुहोस् र यसलाई कपालमा लगाउनुहोस । यो मिश्रणलाई एक घण्टा पछि पखाल्नुहोस् ।
३. अण्डा र हिनाः कपाललाई बलियो, नरम र सलक्क बनाउन चाहनुहुन्छ भने अण्डालाई हिनासँग मिसाएर कपालमा लगाउनुहोस्, फरक आफैँले महसुस गर्नुहुनेछ ।
४. अण्डाः अण्डालाई कचौरामा राखेर यसलाई ब्रसको सहायताले कपालमा लगाउनुहोस् । आधा घण्टापछि कपाललाई पखाल्नुहोस् । यसले तपाईंको कपाललाई नरम र सलक्क पार्दछ । अण्डाको गन्ध हटाउनका लागि राम्रो स्याम्पुको प्रयोग गर्नुहोस् । -

Advertisement