बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता अहुजाले नेपाली फिल्म बनाउने
Advertisement
चर्चित अभिनेता गोबिन्दाकी पन्ती सुनिता अहुजाले नेपाली मौलिक धारमा फिल्म बनाउन चाहना रहेको बताएकी छिन् । नेपाली फिल्मको बजार सुधार तर्फ उन्मुख हुदै गर्दा अहुजाले बिशेष गरि नेपाली सस्कृति,परम्परा,रितिरिवाज र महिला संग सम्बन्धित रहेर फिल्म बनाउन रहर लागेको काठमाण्डौमा हालै सम्पन्न भएको एक कार्यक्रममा बताएकी हुन् ।
आफ्नो माइती देशमा पनि केही राम्रो काम गर्न इच्छुक रहेको भन्दै माइतीलाई एउटा गतिलो फिल्म उपहार दिन मन लागेको भन्ने उनको आसय थियो । सुनिताको माइती काठमाण्डौको साँखुमा पर्छ त्यसकारण पनि माइती आउदा नेपाली फिल्मका बारे धेरै नै सोचेको बताउदै आफ्नो कार्यमा पति गोबिन्दाले पनि सहयोग गर्ने आशा राख्दै छिट्टै फिल्म निर्माणमा जान तयारी गर्ने सो कार्यक्रममा बताएकी छिन् ।
Advertisement