- पहिरो जाने डरले गर्दा भूकम्प पीडितलाई सरकारी जग्गामा राखिने...
Advertisement
५ जेठ, काठमाडौं । सरकारले भूकम्प पीडितहरुलाई सरकारी जग्गामा पुनर्वास गराउने भएको छ । सरकारले वर्षा सुरु हुनु अघि नै पुनर्वासको व्यवस्था मिलाउने प्रक्रिया अघि बढाएको छ ।
पुनर्वास अघि वास्तविक भूकम्प पीडितहरुलाई परिचयपत्र उपलब्ध गराइने छ ।
‘पुनर्वासको लागि सरकारी र सार्वजनिक जग्गा समेत उपयोग गर्ने निर्णय भैसकेको छ,’ उद्योगमन्त्री महेश बस्नेतले भने, ‘अब बास्तविक भूकम्प पीडितलाई राहत र पुनःस्थापनाको लागि परिचय पत्र वितरण गर्ने तयारी गृहमन्त्रालयले गरिरहेको छ ।’
मन्त्री बस्नेतले राहत र उद्दार कार्य अन्तिम चरणमा पुगेकाले अब पुनर्वासमा ध्यान केन्द्रित गर्ने जानकारी दिए ।
पहिरो जोखिम क्षेत्रमा विज्ञ टोली
सरकारले भूकम्प प्रभावित क्षेत्रमा पहिरोको जोखिम बढेकाले त्यसको भौगर्भिक अध्ययन गर्न विज्ञहरुको टोली बुधबारदेखि परिचालन गर्ने तयारी समेत गरेको । जोखिम अध्ययन गर्न खानी तथा भूगर्भ विभाग, त्रिभुवन विश्वविद्यालय र केही निजी संस्थाहरुका प्रतिनिधि सम्मिलित टोली बनाइएको छ ।
‘भोलीबाटै विज्ञ सम्मिलित टास्कफोर्सलाई प्रभावित क्षेत्रमा पठाउँछौं र सात दिन भित्र प्रतिवेदन बुझाएपछि जोखिमबाट बच्न आवश्यक योजना सरकारले बनाउँछ,’ मन्त्री बस्नेतले भने ।
११३ उद्योगका भवन काम नलाग्ने
भूकम्पबाट उद्योग कलकारखानामा भएको क्षति अध्ययनको काम भैरहेको उनले बताए । हेटौडा औद्योगिक क्षेत्रको प्लान्टसहित हालसम्म ११३ उद्योगका भवन काम नलाग्ने भएको प्रारम्भिक जानकारी आएको मन्त्री बस्नेतले जानकारी दिए ।
Source: Online khabar.com
Advertisement