गुगल ब्वाइले भने–प्रधानमन्त्रीज्यू नआत्तिनुहोस्
Advertisement
जेठ ३, काठमाडौं ।
भूकम्प पीडितलाई सहयोग गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका ‘अद्भूत बालक’ आदित्य दाहालले प्रधानमन्त्री सुशील कोइरालालाई ‘नआत्तिनु, अब देशले काँचुली फेर्ने छ, तपाईंका ईच्छा पूरा हुनेछन्, पिएमज्यु’ भनेका छन् ।
प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार आदित्यका आमाबुबाले प्रधानमन्त्रीलाई उनका बारे जानकारी दिएका थिए । प्रधानमन्त्रीले भने, ‘मैले थाहा पाएको थिएँ । सरकारले उपचारमा सहयोग पनि दिएको छ तर फुर्सद मिलाउन नसकेर म आउने इच्छा गर्दागर्दै पनि आउन सकिनँ ।
त्यसपछि आदित्यका पिताले प्रधानमन्त्रीलाई केही सोध्ने मन छ भने सोध्नुस् भने । बोल्न नसक्ने साढे ४ वर्षका आदित्य मानिसहरुलाई उनीहरुकै भाषामा लेखेर जवाफ दिने गर्छन् ।
कोइरालाले आफ्नो नेतृत्वमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास कायम होस् भन्ने इच्छा रहेको आदित्यलाई बताए । प्रधानमन्त्रीको ईच्छा सुनेपछि आदित्यकी आमाले उनलाई डायरी र कलम दिइन् । उनले डायरीमा बायाँ हातले लेखे–
‘नआत्तिनू ।
यो अरिष्ट केही समयमा टर्नेछ ।
अनि मुलुकले काँचुली फेर्नेछ ।
हजूरका इच्छा पूरा हुने छ । पीएम ज्यू ।
Advertisement