'कोरियामा आल्मुनियमको आगोले नेपालीको मृत्यु
Advertisement

मीनप्रकाश उप्रेती
सउल । कोरियामा काम गर्दै आएका एक नेपालीको आल्मुनियमको आगोमा परेर मृत्यु भएको छ । दाङ रामपुरका २५ वर्षीय अतिउल्लाह खाँनको शुक्रवार निधन भएको हो ।
खाँन विगत छ महिनादेखि राजधानी सउल नजिककै रहेको फेन्थेक क्षेत्रको फोङजन पिछल अल्मुनियम कारखानामा काम गर्दै आएका थिए ।

काम गर्ने क्रममा अल्मुनियमको तातो झोलमा पोर्मिल धुलो हाल्दा आगोको लप्का आफुतिरै आएका कारण खानको शरीर जल्न पुगेको बताइएको छ । तत्काल उनलाई उपचारका लागि सुवनस्थित आर्जु हस्पिटल लगिएको थियो ।
उक्त हस्पिटलमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट सउलस्थित हालिम युनिभर्सिटी हस्पिटलमा पुर्याइएको श्रम सहचारी अनिल गुरुङ्गले बताए । हस्पिटल पुर्याएको केही समयमै अस्पतालले खानलाई मृत घोषित गरेको थियो ।
यसैगरी खाँनसँगै काम गर्ने अर्का एक नेपाली घाइते भएका छन् । यसरी घाइते हुनेमा बाराका ३९ वर्षीय हरी सुवेदी रहेका छन् । उनको हालिम युनिभर्सिटी हस्पिटल सउलमा उपचार भैरहेको छ । उक्त कम्पनीमा १६ जना नेपाली कार्यरत छन्



Advertisement



प्रतिक्रिया दिनुहोस्...