अचम्मै हुनथालेपछि विश्वभरका संस्था र विदेशी वैज्ञानिक अनुसन्धानका लागि नेपालमा
Advertisement
May 18, 2015
काठमाडौ । शक्तिशाली भूकम्पका धक्का जान थालेपछि अन्तर्राष्ट्रिय वैज्ञानिक तथा संघ–संस्थाहरूले नेपालकेन्द्रित अनुसन्धान सुरु गरेका छन् ।
‘वैशाख १२ पछि विदेशी वैज्ञानिक र अनुसन्धानकर्ता नेपालकेन्द्रित छन् । कतिपय आइसकेका छन् भने कतिपय आउने प्रक्रियामा छन्,’ विभाग स्रोतले भन्यो ।
स्रोतका अनुसार कतिपय विदेशी वैज्ञानिक आफैं आएर काम गरिरहेका छन् भने केहीले विभाग र राष्ट्रिय भूकम्प मापन केन्द्रसँग समन्वय गरिरहेका छन् ।
वैशाख १२ पछि अस्थायी केन्द्र स्थापना र तथ्यांक संकलनमा खटिरहेका केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईका अनुसार केन्द्रले पनि यसबीच फूल्चोकी र टेकुमा एक्सिलोमिटर जडान गरेको छ ।
यीबाहेक पुराना ६ एक्सिलोमिटर केन्द्रको अवस्था र त्यहाँ संकलित तथ्यांक पनि अपलोड गरेको छ । आजको नागरिकमा समाचार छ ।
Advertisement