तालिवानले जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रयोग गरी कूटनीतिज्ञ लिएर उडेको पाकिस्तानी हेलिकप्टर झारेको देखाउने एक भिडियो सार्वजनिक गरेको छ ।
एपीलाई प्राप्त एक भिडियोसँगै उनीहरूले तीन किलोमिटरको दूरीबाट शुक्रबार उक्त हेलिकप्टर झारेको दाबी गर्दे एक सन्देश राखेका छन् ।
सन्देशमा उर्दु भाषामा उक्त क्षेप्यास्त्रले हेलिकप्टरको पुच्छरको रोटरमा प्रहार गरेको उल्लेख गरिएको छ ।
उक्त दुर्घटनामा पाकिस्तानका लागि फिलिपिन्स तथा नर्वेका राजदूत तथा मलेसिया तथा इन्डोनेसियाका राजदूतका श्रीमतीहरूको मृत्यु भएको थियो । यसका साथमा पाकिस्तानी हेलिकप्टर चालकहरूको पनि मृत्युभएको थियो । उक्त हेलिकप्टरमा रहेका १२ यात्रु घाइते भएका थिए र ती प्रायः कूटनीतिज्ञ भएको बताइएको छ ।
यस विषयमा टिप्पणी गर्न सैनिक अधिकारी उपलब्ध भएनन् । यसअघि पाकिस्तानले प्राविधिक असफलताका कारण उक्त दुर्घटना भएको र तालिवानको दाबी अवसरवादिता भएको दाबी गरेको थियो ।
उक्त भिडियो शनिबार लडाकूको वेबसाइट तथा पत्राचारमा सार्वजनिक भएको हो । पाकिस्तानी लडाकूहरूसँग जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र रहेका छन् । रासस/एपी
Advertisement