आई लाइनर प्रयोगले आँखा कसरी हानिकारक हुन्छ .?? .पुरा बिबरण हेर्नुहोस
Advertisement

आँखाको सौन्दर्य बढाउने अनेक प्रसाधनमध्ये एउटा हो, आई लाइनर ।

आँखाको छेउकुनामा चमक बढाउने यो सौन्दर्य सामग्रीको उपयोग जोखिमरहित भने छैन । पछिल्लो अध्ययनमा दाबी गरिएको छ, आई लाइनरको प्रयोगले आँखा र दृष्टिसम्बन्धी समस्या हुन सक्छ । यो अध्ययन क्यानाडाको वाटरलु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेका हुन् । त्यस अनुसार पेन्सिल आइलाइनरको कण आँखामा जाने गरेका प्रमाणहरू पाइएका छन् । यस्ता कण आँखालाई सुरक्षित राख्ने पातलो तह (टियर फिल्म) मा टाँसिने गर्छन् ।

परेलाको भित्री खण्डमा आई लाइनरको उपयोगले त्यस्ता कण आँखामा जाने क्रम अझ तीव्र हुन्छ । भित्री परेलाको आई लाइनर दुई घण्टा नटिके पनि महिलावृन्दमा यसको आकर्षण कम छैन, जसले जोखिम झन् बढाउने गरेको छ ।

आई लाइनरमा प्राकृतिक गम, तेल, सिलिकन र मैन मिसिएको हुन्छ । यसले गर्दा कन्टयाक्ट लेन्स लगाउनेहरूलाई समस्या हुन्छ । अनुसन्धान अनुसार आई लाइनरको प्रयोगले आँखा रातो हुने, पोल्ने, हानिकारक ब्याक्टेरियाको समस्या उत्पन्न हुने लगायत समस्या देखिने गरेको छ ।source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...