मंगलवार जेठ ५ गते बढी सचेत रहनु पर्ने ज्योतिष लोहनीको भनाई - (भिडियो सहित)
Advertisement
काठमाडौं । भुकम्प सम्बन्धि विभिन्न वहस चलिरहेको समयमा अब कहिले सम्म घर छोडेर बाहिर बस्ने अन्यौल जनमानसमा देखिएको छ। वैज्ञानिक युगमा भुकम्पविद हरुबाट आशा लाग्दो कुनै कुरा आउन नसकेको बेला ज्योतिष विज्ञान का प्रखर पण्डितहरुले भने ग्रहहरुको स्थितिको बारे स्पष्ट पारेका छन्।
वैशाख १२ मा शनि को बढी प्रभाव र २९ गते मंगलको बढी प्रभाव परेको देखिन्छ र अब जेठ ५ पछि बिस्तारै नेपालबाट यो प्रभाव हटेर छिमेकी राष्ट्र भारत तर्फ जाँदै छ।त्यसैले अब यो प्रभाव सक्रिय रहने अन्तिम शनिवार जेठ २ र अन्तिम मंगलवार जेठ ५ मा हामी अलि बढी सचेत रहनु पर्ने ज्योतिष विद्वानहरुले बताउनु भएको छ।त्यस पछि असार ३ गते सम्म बाढी पहिरोको प्रकोप खेप्नु पर्ने पनि बताइएको छ।
यस्तो बेलामा सबैले मिलेर स्वस्ति शान्ति गरेको खण्डमा प्रभाव कम हुने सुझाव पनि दिएको छ। आतंकित हैन सचेत बनौ। सबैले ज्ञानको प्रचार गरौँ।
Advertisement