-फेसबुकमा स्टाटस लेखेर रामहरीले गरे कोरियामा आत्महत्या
Advertisement

द.कोरिया: कामको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपाली युवाले  आत्महत्या गरेका छन् । कास्की लेखनाथ ४ का २७ बर्षिय रामहरी बरालले सोमबार झुन्डिएर आत्महत्या गरेका हुन् ।


 ह्वासङस्थित आक्तक मिदम सानअप मेटल कम्पनिमा कार्यरत बरालले फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् । सोमबार काममा उपस्थित नभएपछि उनको खोजी गर्दा कोठामा पासो लागेको अवस्थामा मृत शरीर भेटिएको थियो ।

बरालले सुसाइड नोटमा परिवारलाई लान्छना लगाएका छन् । मृतकले फेसबुकमा स्टाँटस लेखी जीवन प्रति उदासिनता देखाएका थिए । सोहि स्टाँटसको आधारमा मृतकका आफन्त पर्ने रामचन्द्र अधिकारीले सोमबार साँझ दुतावासमा उनको अवस्था बारेमा सोधपुछ गर्दा उनको मृत्यु भैसकेको थियो ।

परिवार र परराष्ट्रलाई  जानकारी दिईएको बताउदै श्रम सहचारी अनिल गुरुङले  पोस्टमार्टम पछि शव नेपाल पठाउने प्रक्रिया गरिने जानकारी दिए । दक्षिण कोरियामा सन् २०१५ मा मात्रै आत्महत्या गर्नेको नेपालीको सख्या चार पुगेको छ ।
source annapurnapost.

Advertisement



प्रतिक्रिया दिनुहोस्...