-जोमसोङ बाट पोखरा आउदै गरेको 9NAKY गोमा एयरको विमान अवतरणका क्रममा दुर्घटना (तस्विर सहित)..
Advertisement
१९ जेठ, पोखरा ।
गोमा एयरको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।
जोमसोङ बाट पोखरा आउदै गरेको 9NAKY कलसाईनको विमान पोखरा विमान स्थलमा अवतरणका क्रममा अगाडीको पांग्रा नखुलेपछि विमानलाई अवतरण गराउने क्रममा विमानको अगाडीको भाग धानवमार्गमा धसिएको हो ।
विमानमा सवार १८ जना यात्रु सकुसल रहेको र विमानलाई क्रेनको सहायताले धावनमार्गबाट हटाउने तयारी भैरहेको छ । दुर्घटना पछि पोखरा विमानस्थल बन्द गरिएको छ । Source: NepaliHeadlines

Advertisement



