आफ्नै फिल्मको रिलिज रोक्न कंगनाले दिइन् उजूरी
Advertisement

कलाकार यस्ता पनि हुन्छन्, जो आफैंले अभिनय गरेको फिल्मको रिलिज नगराउने हिम्मत राख्छन् । उनी हुन् कंगना रनावत ।

आफ्नै बलवुताले फिल्म हिट बनाइरहेकी कंगनाले जुलाई १० मा रिलिज हुन लागेको फिल्म ‘आइ लभ न्यु इयर’ को रिलिज रोक्न निर्माता कम्पनि ‘टि–सिरिज’ लाई कानुनी पत्र काटेकी छिन् । निर्माताले पुरानो भइसकेको फिल्म अहिले रिलिज गरेर हाल आफूले पाइरहेको सफलतालाई निर्माण कम्पनीले 'क्यास' गर्न खोजेकाले कंगनाले त्यसो गरेको बताइन्छ।
निर्माण कम्पनीले फिल्म रिलिज गर्ने मिति तय गर्दा  जानकारी नगराइएको र प्रचारका लागि पनि अनुरोध नगरेको कंगनाका वकिल रिजवान सिद्धीले बताएका छन् ।
उनले भने,‘फिल्म टि–सिरिजले ६ वर्ष पहिले नै बनाइएको थियो । तर, सोचेजस्तो नबनेपछि फिल्मको रिलिज रोकिएको थियो । हाल उनीहरुले कंगनाको सफलताको फाइदा उठाउन खोजिरहेका छन् ।’
यसका साथै कंगनाका वकिलले टि–सिरिजबाट कंगनाले कुनै भुक्तानी नपाएको र कुनै सम्झौता पनि नभएको दाबी पनि गरेका छन्।
उता निर्माण कम्पनीका भुषण कुमारले भने कंगनाले अठार महिना अघि नै सो फिल्म वेब सिनेमालाई बेचिसकेकाले फिल्ममा कंगनाको कुनै नियन्त्रण नभएको प्रतिक्रिया दिए ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...