दरबार हत्याकाण्डको १४ वर्षपछि बिलियार्ड हलको जग खनियो
Advertisement

ज्ञानेन्द्रले भत्काएको त्रिभुवन सदन पुनर्निर्माण सुरु 

१९ जेठ, काठमाडौ । नारायणहिटी दरबार हत्याकाण्ड भएको १४ वर्षपछि दरबार परिसरमा रहेको त्रिभुवन सदनको पुनर्निर्माण शुरु भएको छ ।
राजा वीरेन्द्रको परिवार
दरबार हत्याकाण्ड भएको मूल थलो त्रिभुवन सदन तत्कालीन राजा ज्ञानेन्द्रले ०६१ सालमा भत्काउन लगाएका थिए । घटनाको १४ वर्ष हुँदासमेत अझै रहस्यमय रहेको दरबार हत्याकाण्डको मूल थलो त्रिभुवन सदन जगैदेखि नै भत्काइएको थियो ।
गणतन्त्र स्थापनापछि नारायणहिटी दरबारलाई संग्रालयमा परिणत गर्दै सर्वसाधारणका लागिसमेत खुल्ला गरिएपछि गत सातादेखि त्रिभुवन सदनको बिलियार्ड हलको जग खन्न शुरु गरिएको नारायणहिटी दरबार संग्राहलयले जनाएको छ ।
उक्त भवन पुनर्निर्माणका लागि सरकारले एक करोड रुपैयाँ छुट्याएको छ ।
त्रिभुवन सदनको बिलियार्ड हलभित्र तकालीन राजा वीरेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार धीरेन्द्र लगायतका तत्कालीन राजपरिवार सदस्यहरुको हत्या भएको थियो ।
नारायण हिटी दरबार ९० सालको भूकम्पमा समेत भत्किएपछि त्यतिबेला पनि पुनर्निर्माण गरिएको थियो । भूकम्पले दरबार भत्किँदा तत्कालीन राजा त्रिभुवनले आफ्ना दुई छोरी गुमाउनुपरेको थियो ।
मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको यतिका वर्षसम्म पनि घटनाको वास्तविकता ओझेलमा परेको बेला बेलामा चर्चा हुने गरेको छ । दरबार हत्याकाण्डको १४ वर्ष हुँदासमेत उक्त हत्याकाण्ड रहस्यकै घेरामा रहेको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...