जिमेलबाट पठाएको मेल हटाउन सकिने जानी राखौ...
Advertisement
जिमेलका प्रयोगकर्ताले गल्तीले पठाएको इमेल हाटाउन सक्ने भएका छन् । जिमेलले हालै मात्रै यो सेवाको सुरुवात गरेको हो ।
प्रयोगकर्ताले गल्तीले पठाएको इमेल ३० सेकण्ड भित्र क्यान्सिल गर्न सक्छन् , साथै यसरी क्यान्सिल गर्दा मेल उता जानबाट सहजै रोक्न सकिन्छ ।
गुगलले सेफगार्ड सेटिङमा यो सुविधा थपेको छ । तर यो फिचर प्रयोग गर्नका लागि गुगलले हालैमात्रै बाहिर ल्याएकोे इन्बक्स एप्लिकेसन प्रयोग गर्नु पर्नेछ ।
यसको सहायताले पठाइसकेको मेल लाई undo send फिचर प्रयोग गरेर क्यान्सिल गर्न सकिन्छ । गुगलले यस अघि पनि भित्रका गतिविधीमा undo सुविधा दिँदै आएको थियो ।
अब भने जिमेल सेटिङमा गएर undo send गर्दा भुलबस पठाइसकेको मेल पनि क्यान्सिल गर्न सकिन्छ । source setopati
Advertisement