साहरुख, सलमान, आमिर एउटै अब चलचित्रमा
Advertisement
करिब ७ बर्ष लामो दुश्मनीलाई तोड्दै बलिउडका चर्चित खानद्धय साहरुख र सलमानले अंकमाल गरे । सलमानको नयाँ चलचित्रको प्रचारमा साहरुख र आमिर खान दुबै उत्रिए । यसबाट बलिउडमा ३ खान एक भएको अड्कल पनि काटिएको थियो ।
बलिउडका शक्तिशाली ३ खान अब एउटै चलचित्रमा देखिन लागेको भारतीय मिडियाले दाबी गरेका छन् । निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले एउटा चलचित्र निर्माण गर्न लागेका छन् । जुन चलचित्रमा ३ खानलाई देखाउन लागिएको छ । यो चलचित्रमा ३ खान नै सुपरस्टार हुने बताइन्छ ।
यस बिषयमा साजिदले मुख खोलेका छैनन् । बलिउडमा ३ खान एकसाथ देखिन लागेको चर्चा चलेपनि त्यो आजसम्म पुरा भएको छैन । यसैले साजिदको यो चर्चा पनि चर्चामै सिमित रहन्छ या वास्तविकतामा बदलिन्छ, हेर्न बाँकी नै छ ।

Advertisement



