-गोदाममा लुकाई राखिएका ५ सय ६८ थान त्रिपाल प्रहरीको नियन्त्रणमा...
Advertisement
काठमाडौं, जेठ १८ - भूकम्पीडितको राहतका लागी ल्याइएका त्रिपाल गोदाममा लुकाईराखेको अवस्थमा प्रहरीले छापा मारी राजधानीको सिनामंगलबाट बरामद गरेको छ ।
सिनामंगलस्थित ज्वाँइजेठान सप्लायर्शको गोदाममा छापा मारेर भूकम्प प्रभावितका लागि राहत कोटामा आएको ५ सय ६८ थान त्रिपाल प्रहरीले बरामद गरेको हो ।
प्रहरीले गोदाम संचालक र बरामद गरिएको त्रिपालबारे अनुसन्धान सुरु गरेको जनाएको छ। पछिल्लो समय राहतका लागी आएका राहत सामग्रीहरुको दुरुपयोग तथा लुकाएर राख्ने गरेका घटना बढेका छन् ।
यसअघि पनि प्रहरीले राजधानीका विभिन्न ठाँउबाट त्रिपाल लुकाएको तथा दूरुपयोग गरेका कारण विभिन्न व्यक्तिलाई नियन्त्रण लिएको थियो । Source: DC Neapal

Advertisement



