ओबामा यस्तो विमान चढ्छन्, संसारमा यस्तो विमान चढ्ने उनी मात्रै
Advertisement
वसिङ्टन डिसि, सेतोपरेवा संवाददाता
विश्वकै शक्तिशाली राष्ट्रका रुपमा गनिन्छ अमेरिकालाई । यहाँका राष्ट्रपति छन्, बाराक ओबामा । उनी एयरफोर्स वन विमान चढ्छन् । यसलाई उड्ने ह्वाइट हाउसको संज्ञा पनि दिइन्छ । यस्तो शक्तिशाली र सुरक्षित विमान उनी बाहेक दुनियाँका कुनै राष्ट्रप्रमुखले प्रयोग गरेको पाइदैन ।
अमेरिकी सुरक्षा एजेन्सीले दुईवटा विमान तयार गरेको छ । यसैलाई एयरफोर्स वन भनिएको हो । यो बोइङ ७४७–२०० बी जेट हो । अमेरिकी राष्ट्रपतिकै लागि भनेर यो बनाइएको हो । उडानको बेला यो विमानका लागि प्रतिघन्टा २ करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ ।
फुल ट्यांकी भएपछि यो विमान १२ हजार ५ सय ५२ किमि सीधा उडान भर्न सक्छ । विमानको अधिकतम गति प्रतिघन्टा एकहजार ४६ किमि रहेको छ । यसको कुल लागत ३३०० करोड रहेको बताइएको छ ।-एजेन्सीको सहयोगमा
विमानका विशेषताः
*विमानमा दुईवटा ढोका छन्
*टेलिफोन, रेडियो, फ्याक्स, कम्प्युटरको सुविधा
*हावामा पनि फ्युल भर्ने सुविधा
*जिम र सुत्नका लागि कोठा
*२६ जना क्रु मेम्बर रहने
*विमानको किचेनमा १०० जनका लागि खान तयार पार्न सक्ने क्षमता
*४५, ००० फिटमाथि पनि टेलिफोनमा कुरा गर्न सकिने
*विमानमा १९ टेलिभिजन सेट छन्
*विमानको पछाडि दुश्मन राडारलाई जाम गरिदिने जैमर फिट
स्रोत : सेतो परेवा

Advertisement



