स्वेताले रुँदै भनिन्, पैसाले हुने भए श्रीकृष्णलाई बचाउने थिएँ - भिडियोसहित
Advertisement

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले भाव बिभोर हुँदै पैसाको घमण्ड गर्न नहुने बताएकी छन् ।

डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गर्ने क्रममा आयोजित कार्यक्रममा यस्तो बताएकी हुन् । कार्यक्रममा बोल्दै स्वेश्ताले कसैले पनि पैसाको घमण्ड गर्न नहुने भन्दै बरु पैसा दुःखी गरीबहरुको हितामा प्रयोग गरिएको खण्डमा मनलाई शान्ती मिल्ने बताइन् ।


‘मानिसमा पैसाको घमण्ड हुने हुन्छ तर, यदि पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिए’ उनले भनिन् । कार्यक्रममा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको थियो।

गतवर्ष श्रीमृष्णको निमोनियाका कारण भारतमा उपचारको क्रममा निधन भएको थियो जतिबेला लामो समयको अफयेयरपछि श्रीकृष्ण–स्वेता भर्खरै वैवाहिक बन्धनमा बाँधिएका थिए ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...