-अनुहारलाई संधै चमक,गोरो र बच्चाको जस्तो छाला राख्नको लागि यी ५ घरेलु तरिका"... जानी राखौ..
Advertisement

यदि तपाईंको छाला स्वस्थ देखिन्छ भने तपाईंले आफ्नो उमेरलाई निकै सजलोसँग लुकाउन सक्नुहुन्छ । तर तपाईंको छालाबाट चमक गायब हुन्छ भने तपाईं चाँडै नै बुढि देखिन सुरु गर्नुहुन्छ । त्यसकारण तपाईंले आफ्नो छालामा निकै ध्यान दिनुपर्ने हुन्छ । बजारमा पाइने क्रिमले अनुहारको चमक फिर्ता आउने सोच्नु भएको छ भने तपाईं गलत हुनुहुन्छ ।
 अनुहारको चमकलाई राखिरहन सधैँ प्राकृतिक उपचारको सहारा लिन जरुरी छ । यहाँ हामी तपाईंलाई एन्टी एजिङ मास्क बनाउने तरिकाको बारेमा बताउँदै छ जसलाई तपाईंले आफ्नो किचनमा सजिलै पाउन सक्नुहुन्छ ।
महः अनुहारलाई पहिले धुनुहोस्, फेरि केहि थोपा महलाई अनुहारमा लगाउनुहोस् । यसलाई केहि मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् र फेरि अनुहारलाई धुनुहोस् । महले अनुहारलाई कोमल बनाइराख्छ र छालालाई सफा राख्न मद्दत गर्दछ ।
जैतून तेलः हरेक रात सुत्नुभन्दा पहिले अनुहारमा केहि थोपा जैतुनको तेलले मालिस गर्दा यसले अनुहारको नरमपनलाई कायम राख्न मद्दत गर्दछ । यदि तपाईं चाहनुहुन्छ भने नुहाउने पानीमा पनि केहि थोपा जैतुनको तेल हाल्न सक्नुहुन्छ । यसले छालामा जमेको कालो छालालाई निकाल्न मद्दत गर्दछ ।
भिटामिन सीः

अनुहारमा चमक बढाउनका लागि भिटामिन सी निकै प्रभावशाली हुने गर्दछ । यसका लागि तपाईंले दैनिक कागती पानी पिउनसक्नुहुन्छ अथवा अनुहारमा थोरै कागतीको रस लगाउन सक्नुहुन्छ । यो भित्र– बाहिर दुबै रुपमा राम्रो हुने गर्दछ । तपाईं यसलाई कुनै पनि एन्टी एजिङ मास्कमा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।


ओखरः यदि तपाईंलाई आफ्नो छालाको टेक्सचर ठिक गर्नु छ भने ओखरको प्रयोग गर्न सक्नुहुन्छ । ओखरलाई कुटेर त्यसमा दही र केहि थोपा बदामको तेल हाल्नुहोस् र लगाउनुहोस् । यसले अनुहार सहि हुने गर्दछ ।
अण्डाः
यदि तपाईंलाई आइल फ्रि लुक चाहिएको छ भने अनुहारमा अण्डा लगाउनुहोस् । त्यसपछि अनुहारलाई मनतातो पानीले धुनुहोस् । यसले तपाईंको अनुहारमा भएको ठूलो पोर्स पनि बन्द हुने गर्दछ ।  

Advertisement



प्रतिक्रिया दिनुहोस्...