वरिष्ठ कलाकार मिथिला शर्मा क्यान्सर पीडामा
Advertisement
वरिष्ठ कलाकार मिथिला शर्मा क्यान्सर पीडामा
काठमाडौं, ८ असार - नायक सरोज खनालले नेपाल फर्किएसँगै अभिनयलाई निरन्तरता दिएका छन् । सोमबार एउटा क्यानसर सम्बन्धि जनचेतना मुलक गीतको म्युजिक भिडियोमा अभिनय गरेसँगै उनी अभिनयमा फर्किएका हुन । १७ बर्षको अमेरिका बसाईपछि नेपाल फर्किएक खनाले विभिन्न टिक्का टिप्पणी आएपछि आफू नेपालमा मर्न नभइ केही गर्न आएको प्रतिकृया दिएका थिए ।
नेपाल क्यान्सर अस्पताल र ज्ञानु दाहाल ट्रष्टको संयुक्त रुपमा निर्माणमा भइरहेको ‘जन्मेपछि मर्नैपर्ने शाश्वत नियम हो’ बोलको गीतबाट उनले अभिनयको यात्रा पुनः थालनी गरेका छन् । पर्दामा उनलाई बरिष्ठ कलाकार मिथिला शर्माले साथ दिएकी छन् । शर्माले सो गीतको म्युजिक भिडियोमा क्यान्सर रोगकिो भुमिका निर्वाह गरेकी छन् ।
चलचित्र ‘दिदी’मा दिदीको भुमिकामा थिईन् मिथिला शर्मा र भाईको भुमिकामा थिए सरोज खनाल । त्यसपछि पर्दामा सँगै नदेखिएका सरोज र मिथिला २२ बर्षको लामो अन्तराल पछि सँगै पर्दामा देखिन लागेका हुन । २२ बर्ष अघि अभिनय गरेको चलचित्र दिदीमा दिदीभाईका बिचमा लामो समय भेट नभएको दृष्य छायाँकन भएको थियो ।
रिल लाइफमा गरेको यो अभिनय उनीहरको रियल लाइफमा नै देखिएको छ । त्यसो त अभिनयकै क्रममा भेटिएका सरोज र मिथिलाले माईती चेलीकै न्यास्रो मेटे । क्यान्सर सम्बन्धित सो गीतको सरोज वलीले निर्माण तथा निर्देशन गरेका छन् । वसन्त सापकोटाको संगीत रहेको उक्त गीतमा राजेशपायल राई र स्मीता दाहालको स्वर रहेको छ । शब्द दिनेश थपलियाको हो भने छायांकनको जिम्मा गोकुल अधिकारीले लिएका छन् ।source sarlahiexpressnews.
Advertisement