.पाँच सय यात्रु बोकेको एयर इमिरेट्सको विमान दुर्घटना
Advertisement
आकाशमा उडिरहेको बेला एक्कासी पछाडि भागमा आगो लागेपछि पाइलटले विमानलाई श्रीलङ्काको राजधानी कोलोम्बोमा आकस्मिक अवतरण गरेका हुन् । विमानमा आकस्मिक क्षति भएपनि ठूलो दुर्घटनामा बचेको अधिकारीले बताएका छन् ।
सो विमान दुबईबाट सिड्नीतर्फ गईरहेकोमा प्राविधिक कठिनाईको कारण कोलोम्बोमा लगेर अवतरण गरिएको वायुसेवा अधिकारीहरुले जनाएका छन् । यस विमान अवतरणको क्रममा कुनै यात्रु घाइते नभएका बताइएको छ ।
यस अघि सन् २०१२ इमिरेट्स्को ए३८० विमान कोलोम्बोमै आकस्मिक अवतरण गरिएको थियो । एयरलाइन्सका अनुसार आकस्मिक अवतरण गरिएको यस विमानका सवै यात्रुहरुलाई इमिरेट्सकै अर्को विमानबाट पठाइएको छ ।source taja khabar
Advertisement