गायक राजु लामा र हिमाल सागरले पारिश्रमिक लिइदिदा भूकम्प पीडितलाई शुन्य
Advertisement
वसन्त रानाभाट, स्पेन
साइप्रसको लिमासोलमा आयोजना भएको ‘सेभ नेपाल च्यारिटी म्यूजिकल कन्सर्ट’ भव्य रुपमा सम्पन्न भएपनि भूकम्प पीडितका लागि भने रकम संकलन शुन्य जस्तै भएको छ । भूकम्प पीडितहरुका लागि जुटेका कलाकारले नै पारिश्रमिक लिइदिएपछि यस्तो अवस्था आएको हो ।
यो कन्सर्टमा नायक राजेश हमाल पनि सहभागी थिए । तर, उनले कुनै पनि पारिश्रमिक लिएनन् । गायकद्धय राजु लामा र हिमाल सागरले पारिश्रमिक लिएपछि भूकम्प पीडितका लागि शुन्य जस्तै रकम संकलन भएको हो ।
भूकम्प पीडितका लागि कती रकम जुट्यो त भन्ने अनलाइनखबरकर्मीको पं्रश्नमा आयोजक मध्येकी एक याङ्की हृाल्मोले भनिन्-‘हलको भाडा मात्र ३५ सय यूरो थियो । कलाकारको भिसा प्रोसेस, प्लेन भाडा, ३ दिनसम्म होटल खर्च र त्यसमाथि पनि कलाकारले पारिश्रमिक लिइदिएपछि कती बच्छ तपाई आफै भन्नुहोस् ।’
नेपाली विद्यार्थी कल्याण संघ साइप्रसले कार्यक्रमको आयोजना भूकम्प जानु भन्दा अगाडि नै तय गरेको थियो । तर, भूकम्प गएपछि ‘सेभ नेपाल च्यारिटी म्यूजिकल कन्सर्ट’ नामले कार्यक्रम परिमार्जित गरिएको थियो । आयोजकका अनुसार नायक हमालले भूकम्प अगाडि नै आफू निशुल्क रुपमा कार्यक्रममा सहभागी हुने बताएका थिए । राजु र हिमालले भने पहिले नै पक्का गरिएको रकम लिएका हुन् । उनीहरुले लिएको रकम खुलाइएको छैन ।
आयोजक मध्येका एकका अनुसार रकम दिने पहिले नै पक्का भएको थियो । तर, भूकम्पपछि कार्यक्रम परिमार्जित गरिएको र पारिश्रमिक नलिइदिन आग्रह गर्दा पनि राजु र हिमालले मानेनन् । गायक लामा कार्यक्रम सकेर जर्मन पुगेका छन् भने हिमाल नेपाल फर्किएकबा छन् । हमाल भने पत्नी मधु भट्टराइको साथमा साइप्रसमा नै छन् । स्रोत : अनलाइन खबर
Advertisement