एक सेकेन्डका लागि समय रोकिँदैछ
Advertisement

एजेन्सी : 'सयम आउँछ पर्खँदैन' यो नेपाली उखान हाम्रो समाजमा निक्कै चलेको छ । तर, यो उखानको ठीक विपरित मंगलबार एक सेकेन्डका लागि समय रोकिँदैछ ।


मंगलबारको दिन आधिकारिकरुपमै एक सेकेन्ड लामो हुनेछ । सयम एक सेकेन्डका लागि रोकिने भएकाले मंगलबारको अन्तिम मिनेट ६१ सेकेन्डको हुनेछ ।

सामन्तया एक मिनेटमा ६० सेकेन्ड हुन्छ भने मंगलबार अन्तिम मिनेट ६१ सेकेन्डको हुने पुष्टि अमेरिकी अन्तरिक्ष विज्ञान एजेन्सी (नासा) ले गरेको छ ।

एउटा दिन ८६ हजार ४ सय सेकेन्डको हुन्छ । तर मंगलबार भने यो समयमा एक अतिरिक्त सेकेन्ड अर्थात लिप सेकेन्ड जोडिनेछ । नासाको म्यारिल्यानडस्थित ग्रिनबेल्टमा रहेको गोडार्ड स्पेस फ्लाइट केन्द्रका ड्यानियल म्याकमिलनका अनुसार पृथ्वीको परिक्रमाको गति बिस्तारै बिस्तारै घट्दै गइरहेको छ । त्यहीकारण मंगलबार अतिरिक्त एक सेकेन्ड थपिने भएको हो ।

कोअर्डिनेटेड युनिभर्सल टाइम (यूटीसी) को नियमअनुसार यस्तो हुन गएको हो । यो समय हामीले हाम्रो दैनिक जीवनमा प्रयोग गरिरहेका छौं ।

युटिसी एटोमिक टाइम हो । जहाँ एक सेकेन्डको अवधि सिसियमको एटम्समा हुने पूर्वानुमानित इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिसनको आधारमा रहने गरेको छ । ट्रान्जिसन यति धेरै विश्वासनीय हुन्छ कि सिसियम क्लक १४ लाख वर्षसम्म सही हुनसक्छ ।

अमेरिकी वैज्ञानिकहरुको संस्था नासाले विज्ञप्ती निकाल्दै भनेको छ, 'पृथ्वी, चन्द्रमा र सूर्यको बीचमा गुरुत्वाकर्षण बलका कारण पृथ्वीको घूम्ने प्रक्रिया क्रमश सुस्त भइरहेको छ ।

एटोमिक र सोलर टाइममा सन्तुलन मिलाउन १ जनवरी १९६० मा यूटिसीको व्यवस्था गरिएको हो । १९७२ देखि आवश्यकता अनुसार यूटिसी परिवर्तन गरी लिप सेकेन्ड जोडिएको हो । यसैका लागि जुन या डिसेम्बरको अन्तिम दिनमा अन्तिम  मिनेटको अतिरिक्त सेकेन्ड जोड्ने गरिन्छ ।

अतिरिक्त सेकेन्ड जोड्ने काम इन्टरनेशनल अर्थ रोटेसन एन्ड रेफ्रेन्स सिस्टम सर्भिसद्वारा गरिन्छ । यस्तोमा दुर्इ माप मूल्यमा एकरुपता कायम गर्नका लागि ३० जुनको अन्तिम सेकेन्डका लागि समय रोकिन लागेको हो । यस्तो हुँदा अन्तिम मिनेट ६१ सेकेन्डको हुनेछ ।

लिप वर्षको नियम अनुसार हरेक चार वर्षमा क्यालेन्डरमा एक अतिरिक्त दिन जोड्ने गरिन्छ । पृथ्वीलार्इ  सूर्यको वरीपरी परिक्रमा लगाउन ५ घन्टा, ४८ मिनेट ४६ सेकेन्ड थप समय लाग्ने भएकाले अतिरिक्त दिन जोड्ने गरिएको हो ।

तर यसको विपरितलिप सेकेन्डको यसरी कुने पनि गणना गर्न सकिन्न। यो पृथ्वीको आफ्नो कक्षमा परिक्रममा, पृथ्वीको  केन्द्रको गतिशिलता, वातावरण , महासागर, भूजलमा भिन्नता र बरफको भण्डारणसमेत कयौं कुरामा निर्भर रहेको हुन्छ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...