ऐश्वर्या राय र अभिशेकको सम्बन्ध विच्छेद हुन लागेको हो ?
Advertisement

मुम्बई । अभिशेक बच्चन र ऐश्वर्या रायको सम्बन्ध बिग्रिएको चर्चा फेरि सुरु भएको छ । पछिल्लो समयमा उनीहरुबीचको सम्बन्ध धेरै बिग्रिएको पहिलो पटक सार्वजनिक भएको हो ।



कुनै समय प्रेम–लगावका बारेमा उदाहरण दिँदा अभिशेक र ऐश्वर्याका दिइन्थ्यो र उनीहरु हरेक कार्यक्रममा सँगै देखिन्थे । ऐश्वर्याकी सासु जया बच्चनसँगको उनको सम्बन्धले उनीहरुबीचको सम्बन्धमाथि प्रश्नचिन्ह खडा हुँदै आएको छ ।

जयाको प्रभुत्ववादी सोचका कारण ऐश्वर्याले असहज महसुस गरिहेको खबर यसअघि पनि आउने गरेपनि पहिलो पटक उनीहरुको सम्बन्धमा धेरै तित्तता आएको खबर बाहिरिएको हो ।

पछिल्लो समय गत वर्ष जया र ऐश्वर्याको सम्बन्धमा चिसोपना आएको प्रष्ट देखिएको थियो ।
सलमानसँगका केही पुराना तस्वीहरुका कारण पनि उनीहरुबीचको सम्बन्ध सामान्य नरहेको बलिउड स्रोतको दावी छ ।
फेसबुक र ट्विटरमा छाएका सलमान र ऐश्वयाका तस्वीरलाई लिएर अहिले चर्चा समेत सुरु भएको छ । केही दिनअघि सधै अभिशेकसँगै हिड्ने ऐश्वर्या कान्स फिल्म समारोहमा एक्लै पुगेकी थिइन् ।

अभिशेक र ऐश्वर्याले विवाहको सातौं उत्सव भव्यताका साथ मनाएपनि सलमानसँगका पुराना तस्वीरले सम्बन्धमा दरार आएको छ । बलिउडमा गत वर्ष नै उनीहरुबीच सम्बन्ध विच्छेद हुन लागेको हल्ला चलाइएपनि अभिशेकले त्यसको खण्डन गरेका थिए ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...