फेसबुकमा फोटो हाल्न मन पर्छ ? तपाइँलाई खुसीको खवर फेसबुकले दियो नयाँ उपहार
Advertisement

एजेन्सी ।
फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई नयाँ फिचर उपहार दिएको छ । फेसबुकमा मोमेन्ट्स (‘Moments’) अर्थात ‘पलहरु’ नामको नयाँ एप्लिकेशन थपिएको छ जहाँ तपाइँका फोटो शेयर गर्न सकिन्छ ।

रमाइलो कुरा त यो फिचरबाट गोप्य र सार्वजनिक दुवै तरिकाले फोटो शेयर गर्ने सुविधा फेसबुकले दिएको छ । यसमा सँगै रहेका साथीहरुमात्र नभएर अन्य साथीहरुसँग पनि गोप्य र सार्वजनिकरुपमा फोटो सिङ्क गरेर शेयर गर्ने सुविधा दिइएको छ । खासगरी सँगै विताएका पलहरुलाई साथीभाइसँग शेयर गर्न सहज होस भनेर फेसबुकले यो सुविधा ल्याएको जानकारी दिएको छ ।
मोमेन्ट्समा फोटो शेयर गर्ने मात्र नभएर फोटोहरुलाई स्टोर समेत गर्न सकिन्छ । शुरुमा अमेरिकाका लागि मात्र लञ्च गरेको फेसबुकले यो फिचर संसारभरी नै दिने जनाएको छ ।

कसरी गर्ने प्रयोग

यो फिचर प्रयोग गर्नका लागि आइओएस एप स्टोर वा गुगल प्ले स्टोरमा गएर मोमेन्ट्स Moments एप डाउनलोड गर्नु पर्छ । त्यसमा आफूले फोटो शेयर गर्न चाहेका साथीहरुसँग ग्रुप क्रिएट गर्न सकिन्छ । मन लागेका ब्यक्तिलाई सार्वजनिकरुपमा र कतिपयलाई गोप्यरुपमा समेत तस्विर पठाउन सकिने सुविधा यो फिचरमा रहेको छ ।स्रोत : नेपाली हेडलाइन्स

Advertisement



प्रतिक्रिया दिनुहोस्...