पूर्वप्रधानमन्त्री एवम् एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराइले २०२६ सालमा एसएलसी पास गरेका हुन् । त्यो बेलाका बोर्ड फष्ट भट्टराईले गोरखाको लुँटेल स्कुलबाट एसएलसी गरेका थिए । भट्टराई आधुनिक शिक्षादीक्षा प्राप्त गर्ने गोरखाली भट्टराई खलकका पहिलो पुस्ताका व्यक्ति हुन् । निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका बाबुरामका एक दिदी, एक बहिनी र एक भाइ रहेका छन् ।
एसएलसी परीक्षा दिनुअघि गोरखाको लुँइटेल स्कुलमा पढ्दा बाबुरामका अनौठा बानीहरु थिए । स्कुलको छात्राबासमा बस्दा उनी अरु साथीहरुले जे गरे पनि आफु भने भाँडा माझ्न रुचाउँथे । खाना पकाउने आलोपालो हुन्थ्यो तर उनी भने भाँडा माझ्नमै रुची राख्ने गरेको उनको जीवन अध्ययन गर्दा थाहा हुन्छ । त्यसैले उनका साथीहरु बाबुरामलाई भाँडा माझ्ने जिम्म दिन्थे । उनी कोठामा रहने भन्दा पनि बाहिर रमाउने गरेको निकटवर्तीहरु बताउँछन् । त्यसैले लुँटेल पढ्दा बाबुराम दउरा खोज्न र पानी बोक्न समेत फुरुक्क भएर अघि सर्थे । जब २०२६ सालको एसएलसीमा उनले बोर्ड फस्ट ल्याए, त्यसपछिको यात्रा राजधानी काठमाण्डुतिर मोडियो ।
उनी काठमाण्डु आएपछि साहित्यकार लेखनाथ पौडेलको घरको छिँडीमा बस्थे र अमृत साइन्स क्याम्पसमा आइएस्सी पढ्थे । गाउँबाट सातु–चामल बोकेर काठमाण्डु आएका उनलाई सरकारले मासिक एक सय छात्रावृत्ति समेत दिएको थियो । उक्त रकमले उनी र उनका साथीहरुलाई खान र बस्न धौं धौं थियो । काठमाण्डुको बसाईमा कवि पौड्यालको घरको साँघुरो कोठमा बसेका उनी महिनाको ५० रुपैयाँ भाडा तिर्थे र आफ्नो भविष्यको परिकल्पना गर्थे । एकदिन सँगै बसेका साथीहरुबीचमा अनौठो कुरा भयो । स्टोभमा खाना पकाइरहेका बेला उनीहरुले कुरा गरे । ‘विज्ञानले यत्रो प्रगति गरिसकेको रहेछ, खाना पकाउने स्टोभ बनिसकेछ । गाउँ जाँदा एउटा स्टोभ लैजानुप¥यो र टिकट काटेर गाउँलेहरुलाई बोलाएर देखाउनुप¥यो’ । एसएलसीमा बाबुरामले सबै विषयमा राम्रो अंक ल्याएका थिए । उनको नेपालीमा भने ८१ नम्बर आएको थियो । त्यसबेला नेपालीमा सो अंक बिरलै विद्यार्थीहरुले ल्याउने गर्थे ।
त्यसैले उनलाई नेपालीमा सबैभन्दा राम्रो र बढी अंक ल्याएको भन्दै मदनपुरस्कार गुठीले पुरस्कार पनि दिएको थियो । उनी साहित्यप्रति विशेष रुची राख्थे । एसएलसी र अमृत साइन्स क्याम्पसबाट आइएस्सीमा प्रथम स्थान हाँसिल गरेका उनी कोलम्बो प्लानमा इन्जिनियरिङ पढ्न चन्डिगढ गए । त्यसपछि विस्तारै बाबुरामका सफलताका दिन सुरु भए । चण्डीगढको राम्रो वातावरणमा उनले कलेजको मात्र अध्ययन गरेनन स्वअध्ययन पनि गरे । त्यसबेला भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह चंढीगढमा पढाउँथे । त्यसैबेला बाबुरामले विश्वको राजनीतिक इतिहास पनि बुझ्ने मौका पाएका थिए, जसले संसारका चर्चित व्यक्तित्वहरु सबैका जीवनी पढी सिध्याएका समेत थिए । उनी २०३४ सालमा इन्जिनियरिङमा ग्राजुयट गरिसकेपछि पोष्ट ग्राजुयट गर्न दिल्ली पुगे ।
त्यसबेला उनले विद्यार्थी संगठन र अन्य संगठनहरुमार्फत राजनीतिमा समेत हात हालिसकेका थिए । २०३६ सालमा उनले आफ्नो विद्यावारिधीका लागि जवाहरलाल नेहरु विश्वविद्यालयमा भर्ना भए । त्यहाँ उनी विभिन्न राजनीतिक गतिविधिमा समेत सहभागि भैसकेका थिए । जनमास नाम पत्रिकाको सम्पादक समेत भएका थिए । सो पत्रिका र अन्य संगठनमार्फत राजनीतिमा सक्रिय भएका उनी नेहरु विश्वविद्यालयका प्रोफेसर र विद्यार्थीबीच निकै चर्चित भइसकेका थिए ।
पत्रिकाकै प्रकाशनका क्रममा उनलाई जवाहरलाल नेहरु विश्वविद्यालयको गेटमा ट्याक्सीले ठक्कर दिएर उनी ४८ घण्टा बेहोस भएका थिए । त्योबेला उनलाई नेपाली विद्यार्थी र विश्वविद्यालय प्रशासनले राम्रो हेरचाह नगरेको भए अहिले बाबुराम रहन्थे कि रहँदैनथे भन्न सकिन्न् । त्यहीबेला हिसिला यमी पनि त्यहाँ अध्ययनरत थिइन्, सो घटनामा हिसिलाले बाबुरामलाई राम्रो हेरविचार गरिन्, सायद त्यही मायानै उनीहरुको जिन्दगीभर नछुटिने गरी गाढा प्रेममा परिणत भएको बताइन्छ ।
बाबुरामले त्यसबेला नेहरुबाट विद्यावारिधी गर्दा नेपाल–भारत सम्बन्धमा नै केन्द्रीत रहेर गरेका छन् । त्यसपछिको उनको यात्रा नेपाली कम्युनिष्ट आन्दोलनको दौरानमा स्थापित नेताका रुपमा अगाडि आउन सफल भए । जो नेपालका प्रधानमन्त्री समेत भइसकेका छन् ।source taja khabar
Advertisement