नांगो फोटोले तहल्का मच्चाएपछि सुन्दरीको ताज खोसियो
Advertisement

एजेन्सी । फोटो शेयरिङ साइट ह्वाट्सएपमा नग्न तस्वीर फैलिएपछि मिस जिम्बाबे एमिली टटंगा कचोटेको ताज खोसिएको छ ।

तस्वीर भाइरल बनेको स्वीकार गरेकी छन् । उपाधि गुमाएपछि एमिलीले अब चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा सहभागिता जनाउँन पाउँने छैनन् ।
पछिल्लो सयममा विवादमा आएकी उनले आफू मोडलिङ क्षेत्रमै क्रियाशील रहने र केही समय घरमा नै आराम गर्ने बताएकी छन् ।
यसअघि मिस जिम्बाबे बनेकी शबिसो फिरीको पनि नांगो तस्वीर भाइरल बनेपछि ताज खोसिएको थियो । मिस जिम्बाबे ट्रस्टको नियम र शर्त उल्लंघन गरेको भन्दै उनको ताज खोसिएको हो ।
प्रतियोगितामा भाग लिएका प्रत्येक प्रतियोगीहरुले कहिल्यै पनि नांगा तस्वीर नखिचाउने बाचा गर्नुपर्छ । एमिलीले हालै भाइरल बनेका तस्वीर प्रतियोगितामा सहभागी हुनुभन्दा अगाडिको भएको बताएकी छन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...