भारतीय विदेशमन्त्री शुष्माले मागिन् एक खर्बको बदलामा नेपाल हिन्दुराष्ट्र
Advertisement

काठमाडौं । सरकारले गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा भाग लिन आएकी भारतीय विदेशमन्त्री सुष्म स्वराजले  भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण गर्न नेपाललाई एक खर्ब रकम दिने घोषणा गरिन् । अन्य देशभन्दा निकै ठुलो धनराशी दिने घोषणा गरेर स्वराजले भारत नेपालको सवभन्दा ठुलो सहयोगी र नजिकको छिमेकी राष्ट्र भएको संदेश बिश्वमाझ दिइन । तर तीनै स्वराजले विहीवार गरेको राजनीतिक भेटघाट भने निकै डरलाग्दो छ ।
सरकारले गरेको दाता सम्मेलन सके लगतै राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न पुगेकी स्वराजले २५ जेठमा मुख्य चार राजनीतिक दलबीच भएको सहमति प्रति असन्तुष्टी जनाइन् । उनले बुहलवाद र धर्म निरपेक्षताका बिषयमा भारतीय सरकारको दृष्टीकोण पनि राखिन् । स्रोतका अनुसार उनले राजनीतिक तहमा भएको १६ बुँदे सहमतिमा बहुलबाद र धर्मनिरपेक्षता बिषयमा नखुलेको भन्दै असन्तुष्टी जनाइन । भारतको भन्दा राजनीतिक दलहरुले यूरोपियन यूनियनको सल्लाहमा काम गरिरहेको आरोप समेत उनले लगाएन् । राष्ट्रपति यादव र स्वराजबीचको भेटवार्तामा प्रधानसेनापति पनि संगै थिए ।
१६ बुँदे सहमतिप्रति राष्ट्रपति यादव पनि असन्तुष्ट छन् । दलिय सहमति पछि सात बर्षदेखिको गतिरोध अन्त्य हुने र नयाँ संविधान बन्नेमा सवै आशावादी छन् । तर आफ्नो पद धरापमा पर्ने देखेपछि राष्ट्रपति यादव निराश छन् । स्वराजको असन्तुष्टीमा उनी खुसी भएका छन् । १६ बुँदे सहमति राष्ट्रपति यादव र भारत दुवै असन्तुष्ट थिए । उनीहरुको स्वर मधेशबादी दल र सर्वाेच्च अदालतले बोलेको थियो ।
राष्ट्रपति यादवसँगको भेटपछि भारतीय प्रधानमन्त्रीको संदेश मुख्य राजनीतिक दलका नेताहरुलाई पनि स्वराजले दिइन । प्रधानमन्त्री सुशील कोइरालासँग बहुलबादका बिषयमा स्पष्ट हुन आग्रह गरेकी थिइन भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिन्दुराष्ट्रका पक्षमा जनमत भएकाले त्यसलाई अंगिकार गर्न आग्रह गरेको स्रोतले बताएको छ ।
भारतीय बिदेश मन्त्री स्वराजले एक खर्बको बदलामा हिन्दुराष्ट्र र बहुलबाद मागेकी छिन् । उनले राजनीतक तहमा यस्तो माग गरेपछि संविधान निर्माणको प्रक्रियामा असर पर्ने राजनीतिक बृत्तमा चर्चा चल्न थालेको छ ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...