Breaking news, हवाई हमलामा इस्लामिक चरमपन्थी नेता मारिए
Advertisement
लिबियामा गरिएको अमरीकी हवाई हमलामा एकजना शीर्ष इस्लामिक चरमपन्थी नेता मारिएका छन् ।
दुर्इ वर्षअघि अल्जेरियाको एक ग्यास प्लान्टमा घातक हमलाका योजनाकार मानिएका मुख्तार बेलमुख्तार हवार्इ हमलामा मारिएका हुन् ।
त्यो बेला अल्जेरियामा भएको हमलामा करिब आठ सय मानिलार्इ बन्धक बनाइएको थियो । सो घटनामा चरमपन्थीले ४० जना मानिसको ज्यान लिएका थिए ।
मारिनेहरुमा धेरैजसो बेलायती र अन्य विदेशी नागरिक थिए । लिबिया सरकारले पनि मुख्तार बेलमुख्तार र अन्य कयौं लडाकू पूर्वी सहर अजदाबियामा मारिएका पुष्टि गरेको छ ।
यसअघि पनि मुख्तार मारिएको झुटो खबर बाहिर आएको थियो । अमरीकी रक्षा मन्त्रालय पेन्टागनले पनि मुख्तार मारिएको खबरको पुष्टि गरेको छ । तर अमेरिकाले आफ्नो आक्रमणको निशाना मुख्तार नै नरहेको जनाएको छ ।
पेन्टागनका प्रवक्ता स्टिभ वारनले बताए अनुसार मुख्तार मारिएको पुष्टि गर्दै तर विस्तृत विवरण भने आइनसकेको जनाएका छन् ।
अल्जेरियामा जन्मेका बेलमुख्तार 'अल कायदा इन द इस्लामिक मगरिब' नाम संगठनमा सक्रिय थिए । तर केही समयपछि उनले आफ्नो अलग्गै संगठन बनाएका थिए । source annapurnapost
Advertisement