गोठाटारको विद्यालयमा अन्धाधुन्ध चक्कु प्रहार गरेपछि…..
Advertisement
१८ असार, काठमाडौं ।
गोठाटारको एक सामुदायिक विद्यालयमा शिक्षकले पढाइरहेका बेला कक्षामा पसेर तीन युवाले अन्धाधुन्ध चक्कु र रड हान्दा एक छात्रा घाइते भएकी छिन् । तेजविनायक उच्च माविमा ८ कक्षामा अध्यानतर १५ बर्षिय हेमा कटुवाललाई चुक्कुले गर्दा देब्रे हातमा चोट लागेको छ । उनको हातमा १२ टाँका लगाइएको छ ।
प्रहरीका अनुसार गाँजा खाने ती युवाहरुले स्कुलभित्र जबरजस्ती छिरेर गरेर तण्डाव मच्चकाएका थिए । घटना लगत्तै स्थानीयले खबर गरेपछि प्रहरीले विद्यालय परिसरभित्र पसेर उदण्डता मच्चाउने उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोठाटारका सुलभ पण्डित, नविन दाहाल र अभिनाश दाहाल छन् ।महानगरीय प्रहरी प्रभाग काँडाघारीका अनुसार साथीसँग झगडा गर्ने, कुटपिट गर्ने लगायत अनुशासनहीन काम गरेपछि विद्यालयले उनीहरुलाई रेष्टिकेट गरेको छ ।sour:npheadlines

Advertisement